मुलुकको समग्र आर्थिक क्षेत्रको उन्नती उद्योगबाट मात्र सम्भव
धनकुटा खबर । ५ औ उद्योग दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रमका वक्ताहरुले मुलुकको समग्र आर्थिक क्षेत्रको उन्नती उद्योगबाट मात्र गर्न सकिने वताएकाछन् ।
दिवसको अवसरमा धनकुटा भीम नारायण चौकबाट निस्किएको उद्यमीहरुको ¥याली हुलाकटोल स्थित लालिगुरास होटलमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा वोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरेले आर्थिक समृद्धीको मुख्य आधार उद्योग भएकाले उद्योगको सर्वद्धन र प्रवद्धन गर्नु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले साना उद्यगी,व्यावसायीको व्यावसाय प्रवद्र्धन गर्नका लागि महासंघले कृषि,उद्यम,महिला तथा यूवा उद्यमी र लघु,घरेलु तथा साना उद्योगहरुका लागि सहुलियत कर्जा कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।

उहाले कृषि उद्यम ,महिला तथा यूवा उद्यमी र लघु घरेलु तथा साना उद्योगहरुका लागी सहुलियत कर्जा कार्यक्रम अन्र्तगत ५ लाख देखी १५ लाख सम्मको सहुलियत ऋण लगायत उद्योग र उद्यमीको प्रवद्र्धनका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिएको वताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगानाको अध्यक्षतमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लेखा अधिकृत गिताचारी आर्चायले राख्नुभएको भएको थियो भने सञ्चालन घरेलु कार्यालयका नाशु श्याम पोखरेलले गर्नु भएको थियो ।
यसैवीच आत्म निर्भर अर्थतन्त्रको लागि घरेलु उद्योगको भूमिका विषयक क्याम्पस स्तरी निवन्ध प्रतियोगिताका प्रथम गोकुण्डेश्वर क्याम्पसका धन कुमार राई,द्धितिय धनकुटा वहुमुखि क्याम्पसका ममता ढुंगेल,तृतिय लिवटी कजेलका विद्या तेयुङ लिम्बु र सान्त्वना हुनेहरु तुल्सी मेहर कजेका जेनिसा भूजेल र धनकुटा वहुमुखी क्याम्पसका खिना सारुलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रमुख जिल्ला अधिकारी घिमिरे,सौदर्य कला व्यावसायी संघ धनकुटाका उपाध्यक्ष दुर्गा अधिकारी,कार्यालय प्रमुख दिनेश ढुंगाना लगायतले वितरण गरेका थिए ।
कार्यक्रममा डिभिजन कार्यालय धनकुटाका प्रमुख दान कुमार शाक्य, आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय धनकुटाका प्रमुख रमेश ढकाल, राष्टिय प्राधिकरण आयोजना धनकुटाका निमित्त प्रमुख थिरेन्द्र दाहाल,जिल्ला हुलाक कार्यालय धनकुटका प्रमुख राम प्रसाद फुयाल,फेन्सी व्यावसायी संघ धनकुटाका सचिव तिलक महत,उद्यमी गोपाल तामाङ सहित अन्य उद्यमी व्यवसायीको उपस्थिती थियो ।


