सल्लेरी व्यारेक धनकुटाको संयोजनमा छथरजोरपाटीमा वि’पद प्र’तिकार्य तालिम
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ४० जनालाई सामुदायिक विपद प्रतिकार्य सम्वन्धि तालिम प्रदान गरिएको छ । छथरजोपाटी गाउँपालिकाकै आयोजना तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा उनिहरुलाई सामुदायिक विपद प्रतिकार्य सम्वन्धि तीन दिने तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागीहरुलाई आ’ग्लागी नियन्त्रण जस्तै ग्यास सिलिण्डरवाट आ’ग्लागी भएको खण्डमा सिलिण्डरवाट ग्यास चुला सम्म ग्यास जान जोडिएको पाईप भाँचेर वा वाल्टी, टावेल लगायतका कपडाले छोपेर नियन्त्रण गर्न सकिने लगायत प्राकृतकि विपतीको समयमा अपनाउनु पर्ने उपायाहरु अभ्यासगत रुपमा सिकाईएको गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख तथा विपद प्रतिकार्य सम्पर्क व्यक्ति सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

तालिममा गाउँपालिकाका प्रत्येक वडावाट विपद प्रतिकार्यमा खट्न सक्ने एक,एक जना महिला सहित चार,चार जना युवा,प्रत्येक रेडक्रस शोसाईटी उपशाखावाट दुई,दुई जना, दलित संघवाट दुई जना,आदीवासीजनजाती महासंघवाट दुई जना,सामुदायीक वन उपभोक्ता महासंघवाट दुई जना,शिक्षक दुईजना गरी जम्मा ४० जनाको सहभागीता थियो ।
तालिमका सहभागीहरुलाई गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुको अध्यक्षता तथा वरख गण सल्लेरीका प्रमुख सेनानी भगवान थापा मगरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच प्रमाणपत्र वितरण गरिएको छ ।


