घेदुङ साईप्रसको सो नाम ल्हो छारमा चर्चित गायक राजु लामा

साइप्रस । नेपाल तामाङ घेदुङ साईप्रसले सोनाम ल्होछारमा मङ्गोलियन हर्टका चर्चित गायक राजु लामा र सेलो गायक तथा मोडेल खेम मोक्तानलाई ल्याउने भएको छ ।

घेदुङले सन् २०२० को फेब्रुअरी २ तारिख आइतबार मनाउन लागिएको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमका लागि चर्चित कलाकारहरू ल्याउन लागिएको अध्यक्ष साङ्मु थोकरले बताइन् ।

अध्यक्ष साङ्मुको अनुसार कार्यक्रम लिमासोलस्थित ट्रीकिस पार्टी प्यालेसमा बिहान् १०.०० बजेदेखि हुनेछ । कार्यक्रमलाई बृहत बनाउनका लागि नेपालका चर्चित गायक राजु लामा र तामाङ सेलो गायक तथा मोडल खेम मोक्तान आमन्त्रित गरेको छौ अध्यक्ष थोकरले भनिन् ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुसँगै स्थानीयको समेत बेजोड प्रस्तुति रहनेछन् । यसपटक साईप्रस घेदुङको स्थापनाकालदेखि नै साथ र सहयोग गर्दै आएका समाजसेवी ब्रिटिस आर्मी सुरेश कुमार परियारसमेत युकेबाट आउने घेदुङले जानकारी दिए ।

‘बिगतको ल्होछारभन्दा यसपटक पृथ्क ढङ्गले ल्होछार मनाउने योजना रहेकोले साईप्रस घेदुङ उत्साहपूर्वक तीब्र तयारीमा जुटिरहेको छ,’ थोकरले भनिन् ‘ फेब्रुअरी २मा साईप्रसस्थित सङ्घसंस्थाहरुले कार्यक्रम नजुधाई सहयोग गर्न अनुरोध छ ।’
यसवर्षको ल्होछार कार्यक्रममा शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले ‘शिक्षा नै ज्ञानको पहिलो ज्योति हो’ भन्ने मुल नारा तय गरिएको घेदुङकी महासचिव लक्ष्मी ब्लोनले बताइन् । साईप्रसले पहिचान, कला, संस्कार, संस्कृति, भाषा, धर्म र भेषभुषा आदि इत्यादिलाई जोगाई राख्ने उद्देश्यका साथ “बृहत ल्होछार सांस्कृतिक कार्यक्रम” आयोजना गर्न लागेको हो, महासचिव ब्लोनले भनिन् ।

‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मुल नाराका साथ सन् २०१६ को अक्टोबरमा स्थापना भएको घेदुङ साईप्रसले स्थापनाकालदेखि नै राष्ट्रिय पर्व सोनाम ल्होछारमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाउँदै आएको महासचिव लक्ष्मी ब्लोन तामाङले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।