तीन दिनमै तयार भयो धनकुटाको छथरजोरपाटीमा हेलिप्याड

'माल पाएर चाल पाईएन भने समस्या हुन्छ'

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ पानी ट्याङ्की नजिक निर्मित हेलिप्याड आज हस्तान्तरण गरिएको छ । छथरजोरपाटी गाउँपालिकाको आर्थिक लगानी तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको प्राविधिक सहयोगमा निर्मित हेलिप्याडको सम्पूर्ण काम पूरा गरेर वरख गणले गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुलाई हस्तान्तरण गरिएको हो ।

हेलिप्याड हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले यसअघि नै धनकुटाको महालक्ष्मी नगरपालिका र शहिदभूमि गाउँपालिकामा हेलिप्याड वनिसकेको जानकारी गराउँदै जिल्लामा यो तेश्रो हेलिप्याड निर्माण गरिएको वताउनुभयो ।

अव यो हेलिप्याड वनिसकेपछि यदी कुनैपनि समयमा सवारी साधन चल्ने सडकहरु भत्किएको वेला गाउँपालिकाको जुसुकै स्थानमा विपत्ती आईपरे घाईते मानिसको उद्धार गर्न तथा राहत वितरण गर्न सहज हुने उहाँले वताउनुभयो ।

त्यस्तैगरी गाउँपालिका प्रमुख लिम्वुले यो हेलिप्याड गाउँपालिकाको विपद व्यवस्थापन कोष अन्र्तगतको २ लाख २२ हजार बरावर लागतमा निर्माण गरिएको जानकारी गराउनुभयो । विपदको समयमा विपतीमा परेकाहरुलाई उद्धार गर्न तथा राहत वितरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ निर्माण भएको हेलिप्याडमा सम्पूर्ण श्रमदान भने वरखगण सल्लेरी व्यारेकको जनशक्तिले गरेको उहाँले वताउनुभयो ।

माल पाएर चाल पाईएन भने समस्या हुने र पाएको वस्तुको अर्थ पनि नहुने भन्दै उहाँले अव यो हेलिप्याड संरक्षणको जिम्मा गाउँपालिका सहित स्थानिय वासिन्दाको भएको वताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अन्य पदाधिकारी सहित विभिन्न वडाका वडाध्यक्ष,वरखगण सल्लेरीका प्रमुख सेनानी भगवान थापा मगर लगायत सर्वसाधारणको उपस्थिती थियो । मंशिर ७ देखी थालिएको हेलिप्याड निर्माणको काम तीन दिनमा सकेर आज चौथो दिन औपचारिक कार्यक्रमको वीच वरख गण सल्लेरीले गाउँपालिकालाई जिम्मा लगाएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।