नेपालका लागि नेपालीको अभियानबाट ज्ञानेन्द्र शाहीलाई रातारात निकाल्नुको कारण यस्तो – हेर्नुस् भिडियो

अ'राजक बन्न खोजेपछि ज्ञानेन्द्र शाहीलाई का'रबाही गरियो – डा सुरेन्द्र भण्डारी

काठमाडौं । नेपालका लागि नेपालीको अभियानका सदस्य ज्ञानेन्द्र शाही कारबाहीमा परेका छन् । उनलाई अभियानबाटै निकालिएको छ । विभिन्न स्थानमा भएका कार्यक्रममा निर्घात कुटिएका शाही अराजक बन्न खोजेपछि अभियानबाट निकालिएको अभियान्त डा सुरेन्द्र भण्डारीले क्यानाडानेपाललाई जानकारी दिए ।

उनकाअनुसार आफूहरुमाथि आक्रमणमा उत्रिनेविरुद्ध सोही किसिमले आक्रमण गर्नुपर्ने बताएका कारण उनलाई हटाइएको हो । कुनै बेला आफ्ना विपक्षी तथा प्रतिस्पर्धीमाथि आक्रमणमा उत्रने वाइसिएल, युथ फोर्स र तरण दलजस्था संगठन बनाउने कार्य र सोही किसिमको व्यवहार गर्न थालेपछि शाहीलाई बाध्य भएर हटाएको न्यौपानेले बताए ।

अराजक गतिविधि नगर्न बारम्बार सम्झाउँदा र सुझाव दिँदै पनि शाहीले इन्कार गरेकोपछि कारबाही गर्दै अभियानबाट निकाल्नु परेको भण्डारी दाबी गर्छन् ।

जापान र वेलायतमा रहेको राजसंस्था जस्तै नेपालको लागि पनि राजसंस्था आवश्यकता रहेको निष्कर्ष निकालेको अभियानका अर्का अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले राजसंस्थाको आवश्यकता नरहेको र गणतन्त्र नै चाहिने बताए पछि ज्ञानेन्द्र शाहीलाई अभियानबाट निकालिएको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।