सगरमाथा आरोही देउराली चाम्लिङ स म्मानार्थ स हयोग सङ्कलन अ भियान सुरु

युएई । सन्सार जितेर पनि आफैँमा हारिरहेकी अति नै दुर्लभ र दर्दनाक कथाकी एक मात्र पात्र हुन -‘देउराली चाम्लिङ राई’ । जसको कथा विश्वभरि छरिएर रहेका नेपालीहरूले पढ्नु आवश्यक छ ।

कथा-

( खोटाङ्ग जिल्लाको तुवाचुङ् हलेसी नगर पालिका पुर्खेउली घर भइ हाल पाँचथर जिल्ला, कुम्मायक गाउँ पालिका-१ मा २०३८-११-०२ का दिन पापा हेमन्त चाम्लिङ् राई तथा मामा तारा देवी लावतीको कोख बाट जन्मिएका पाँच जना सन्तान मध्या तेस्रो सन्तानका रूपमा जन्म भइ हाल सुनसरी जिल्लाको धरान उप महा नगर पालिका-१६ मा बसोबास रहेको ।

 

प्रवेशिका सम्मको अध्ययन सकि २०५६ साल देखिन स्वतन्त्र पत्रकारिता पेसामा सक्रिय भइ समाजमा देखा पर्ने विकृति तथा विसङ्गतिहरूलाई चिर्दै, २०५७ मा सम्पन्न किरात राई विद्यार्थी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन मा किरात राई विद्यार्थी सङ्गठन सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै सञ्चार प्रमुखको जिम्मेवारी समाली सफलता पूर्वक कार्यकाल सम्पन्न गर्दै २०५९ सालमा किरात राई विद्यार्थी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनमा जुन इलाममा सम्पन्न भएको थियो उक्त सम्मेलनमा सुनसरी जिल्ला बाट प्रतिनिधिको जिम्मेवारी समाल्दै, किरात राई विद्यार्थी सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न हुँदा उक्त सम्मेलन बाट प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समाल्दै चौथो अधिवेशन सम्म इमान्दारीता पूर्वा जिम्मेदारी ता बहन गर्न सफल एक सङ्घर्षशील र एक जुझारु नारी हुन देउराली चाम्लिङ्ग राई ।

देउराली चाम्लिङ्ग राई ले महिला पत्रकारहरूको समूहमा आबद्ध रहेर ” प्रथम पहिला पत्रकार सगरमाथा आरोहण २०१८ ” शीर्षकमा ५ जना महिला पत्रकारहरूको समूहमा 2018-May-23 दिन किरात राईहरुको मौलिक पहिचानहरू- १, यायोक्खाको झन्डा २, वाबुक ३, केराको पात ४, मर्चा ५, बेछुक र ६, जाँड सहित सफल रूपमा आरोहण गरी चोमोलुङ्गमा मा अर्पण गर्ने प्रथम महिला पत्रकार सगरमाथा आरोही तथा प्रथम किरात राई महिला सगरमाथा आरोहीको इतिहास निर्माण गरि सक्नु भएको एक ऐतिहासिक किरात चेली हुन ।

प्रथम पटक सफल रूपमा सगरमाथा आरोहण गर्नु पूर्व ५९२५ मिटर उचाइमा रहेको राम्दुङ् हिमाल 2017-December-26 र 2017-September-28 मा ५६३० मिटर उचाइमा रहेको यलुङ्ग्री हिमाल सफल रूपमा आरोहण गर्ने देउराली चाम्लिङ राई, किरात राई कुलको मात्रै नभएर समग्र नेपालकै एउटा साझा निधि हुन, विभूति हुन र सम्पदा हुन अनि इतिहास पनि हुन । )

यस्ता अति नै साहसिक तथा ऐतिहासिक दुर्लभ नारीले रचेको इतिहासको गौरव गर्दै किरात राई कुलकै पहिचान सगरमाथामा पु-याउने र अर्पण गर्ने देउराली चाम्लिङ राईलाई सम्मान गर्ने प्रमुख उदेश्यले प्रवासमा रहेका सम्पूर्ण किरात राईहरूको साझा सङ्गठन किरात राई यायोक्खा प्रवास समितिहरूको संयुक्त अभियानमा देउराली चाम्लिङ सम्मान सहयोग सङ्कलन गर्ने अभ्यास गरिएको सुरु गरिएकोले यस महान अभियान अन्तर्गत किरात राई यायोक्खा यूएइले अन्य मुलुकहरूमा रहेका किरात राई यायोक्खा प्रवास समितिहरूमा पनि आधिकारिक रूपमा सङ्गठित भइ यस अभियानलाई सफल पार्ने समन्वाय अभ्यास गरि रहेको छ । जसमा- १, मकाउ- मङ्गल राई Mangal Rai २, कुवेत- मन जित चाम्लिङ् राई Manjit Chamling Rai ३, बराइन- मिलन राई Milan Rai ४, दक्षिण कोरिया- बाल कृष्ण बान्तावा Bal Krishna Bantawa ५, पोर्चुगल- राज राई Raj Rai ६,कतार- भिमल राई Xang Xami र जापान – शुखाराज बायुङ्ग राई SukhaRass Bhaing सङ्ग आन्तरिक रूपमा सम्वाद भइ रहेको छ र अन्य मुलुकका किरात राई यायोक्खा प्रवास समितिहरूमा पनि सम्पर्कमा रहने अभ्यास जारी छ ।

यसै अभियान अन्तर्गत किरात राइ यायोक्खा यूएइ मूल कार्य समिति को 22-11-019 का दिन बसेको बैठक बाट किराया युएइ मूल कार्यसमितिका अध्यक्ष सहित विभिन्न क्षेत्रीय कार्य समिति बाट प्रतिनिधि राखी पाँच सदस्य देउराली चाम्लिङ्ग सम्मान सहयोग सङ्कलन समिति गठन गरिएको छ । बैठकको निर्णय नम्बर ३ अन्तर्गत गठन गरिएको समितिमा सम्योजक – मुम्चे राई (पूर्व अध्यक्ष ) तथा अन्य सदस्यहरूमा- तिलक साम्पाङ्ग राई { पुर्वा प्रवक्ता किराया युएइ }, सिता लोपाचा { क्षेत्रीय कार्य समिति अबुधावी कोषाध्यक्ष }, शम्भु राई { क्षेत्रीय कार्य समिति अलेन सचिव } रहनु भएको छ । र यस समितिले आधिकारिक रूपमा सम्मान सहयोग सङ्कलन सुरु गरि सकेको छ ।

सबैमा अनुरोध-

यस अभियान अत्यन्त गम्भीर तथा दर्दनाक अभियान रहेको छ । यो अभियान आफैँमा सपाङ्ग देखिए पनि हामीले भविष्यमा मोल्नु पर्ने जोखिम अति नै भयङ्कर अपाङ्ग रहने देखिएको छ । तसर्थ यस अभियानमा विश्व भरी छरिएर रहनु भएका तमाम किराती तथा गैर किराती दाजु भाइ तथा दिदी बैनीहरूले सहभागी भइ एउटा इतिहासको सम्रक्षण गर्नु मा अहम् भूमिका निर्वाह गरि दिनु हार्दिक अनुरोध गरिन्छ । अहिले नै हामी सचेत हुन न सकिएमा ऐतिहासिक रूपमा हामीले देउराली चाम्लिङ् राई चेलिले रचेको इतिहास सबै गुमाउनु पर्ने हुन्छ । इतिहासको सम्रक्षण गर्ने जिम्मेदारी ता अहिले हाम्रो काँधमा थपिएको हुनाले यस अभियानमा सबै सहभागी हुन हार्दिक अनुरोध पुन गरिन्छ ।-मुम्चे राईबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।