पाख्रीवासको समग्र विकासका लागि विद्यार्थी र युवाहरु एकजुट भएर अघि वढ्ने निर्णय
धनकुटा खबर । धनकुटाको पाख्रीवासको समग्र विकासका लागि पाख्रीवास नगरपालिका ४ जाल्पादेवी मा वि का पूर्व विद्यार्थी तथा युवाहरु एकजुट भएर अघि वढ्ने निर्णय गरेकाछन् ।
जाल्पादेवी मावि का पूर्व विद्यार्थी हाल पाख्रीवास ४ का वडाध्यक्ष एवम् जाल्पादेवी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोवित निरौलाको पहलमा आज आयोजित पाख्रीवासको विकासका लागि सुझाव संकलन कार्यक्रम तथा भेलामा उनिहरुले योजनाको पारदर्शीता र सूचनाको अधिकारका लागि संयुक्त आवाज उठाउने, स्थानिय तहले माथिल्लो तह सम्म समन्वय गरी प्रर्देशिक एवम् केन्द्रि तह सम्म प्रस्तावाना पेश गरि योजना ल्याउन पहल गर्ने, सीप दक्षता अनुसारको रोजगार र्सिजना गर्न आन्तरिक तवरवाट युवाहरु स्वम्ले पहल कदमी गर्ने,व्यापार व्यवसायमा स्वस्थ प्रतिष्पर्धा र सरसहयोगको भावना सथापति गर्न पहल गर्ने,युवा स्वरोजगार कार्यक्रमका लागि नागरिक, एक रुपायाँ दान कार्यक्रम अभियानको रुपमा अघि वढाउने, युवा सहकारीको माद्यमवाट स्वरोजगार कृषी कार्यक्रम स्थापीत गर्ने लगायत २० वटा विषयामा छलफल गर्दै एक साथ अघि वढ्ने निर्णय गरेका हुन् ।

साथै उनिहरुले यातायात कर निर्धारण गरी यातायात व्यवसायी र खुल्ला व्यपार गर्नेहरुवाट कर उठाउनुपर्ने,चिलड्रेन पार्क निर्माण, विद्यालय र शिक्षा क्षेत्रको विकासका लागि विद्यालय व्यवस्थापन समिति र अभिभावक वीच निरन्तर समन्वय गर्नुपर्ने,विद्यालयहरुमा विषयगत वालक्लवहरुको स्थापना गर्नुपर्ने,शैक्षिक गुणस्तरको सुधार आधारभूत तहदेखी गर्नका लागि रणनीतिक कार्य कार्यन्वयन गर्दै जानुपर्ने, श्रोत विद्यालय र विद्यार्थीहरुको गुणस्तर वृद्धी,विज्ञ सँग परामर्श गरी नगर योजना तयार गर्नुपर्ने, सडक आसपासमा फूल खेती गरी माहुरी पालन व्यवसायलाई वढवा गर्ने,सूरक्षा क्षेत्रको विषयमा ईन्सपेक्टर दरवन्दि माग गरी आवश्यक वडामा प्रहरी पोष्टको माग गर्ने, नगर शिक्षा कोषको स्थापना गर्ने, सुधारिएको चुलो अभियान सञ्चालन गर्ने, लागुऔषध विरुद्ध युवाहरुले जनचेतना अभियान चलाउने र नगर क्षेत्रको विकास निर्माणको पारदर्शीताको विषयमा युवाहरुले एक साथ आवाज उठाउने सहितका विषयमा छफलफल गरेकाछन् ।
आज छलफल भएका विषयहरु कार्यन्वयनका लागि आगामी दिनमा पनि युवाहरु निरन्तर लागी पर्ने जनाएकाछन् । छलफलमा जाल्पादेवी माविमा अध्यापन गरीरहनुभएका शिक्षक,पाख्र्रीवासका वौद्धिक युवाहरु सहित यसअघि सोही विद्यालयमा अध्ययन गरी हाल आफ्नो काम तथा विभिन्न व्यापार व्यवसाय एवम् पेसाको शिरशिलामा विभिन्न स्थानमा रहेका व्यक्तिहरुको उपस्थिती थियो । युवा तथा पूर्व विद्यार्थीहरु सँगको छलफलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरौलाले युवाहरुको सल्लाह सुझावलाई आतमासात गर्दैैआफु अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


