मुख्यमन्त्री राईद्वारा दुई ठुला आयोजनाको शि लान्यास

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गरेका छन् । उनले बालागुरु षडानन्दको १८५ औं जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आज शिलान्यास गरेका हुन् ।

मुख्यमन्त्री राईले बजेटको कारण काममा बाधा नपुग्ने बताए । बजेटका कारण काममा समस्या हुन्छ की भन्ने चिन्ता गर्नु पर्दैन्, बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ’ उनले भने । आयोजनाको काम तीव्र गतिमा अघि बढाउनतर्फ ध्यान दिन उनले आग्रह गरे ।

स्थानीय सरकारले गर्न नसक्ने सबै कामको जिम्मा प्रदेश सरकार लिन तयार रहेको मुख्यमन्त्री राईले बताए । भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकाले त्यसका लागि पहल गरिरहेको उनको भनाइ थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।