साग : नेपाललाई लगातार तीन स्वर्ण पदक

काठमाडौं, १६ मंसिर–१३ औँ एशियाली खेलकुदमा नेपाललाई तीन स्वर्ण पदक प्राप्त भएको छ । आज भएको खेलमा कराँतेतर्फ नेपालका मन्डेकाजी श्रेष्ठ र ट्रायथलनतर्फ सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले नेपाललाई तेस्रो स्वर्ण जिताएका हुन् । कमलले भारतका राहुल जैनलाई पराजित गरे । तेक्वान्दोको पुम्से इभेन्ट्समा कमलले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे ।

कराँतेका मण्डेकाजी श्रेष्ठले व्यक्तिगत तर्फ पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गरेका हुन् । सोमबार पोखरा लेकसाइडमा भएको ट्रायथोलनमा महिलातर्फ प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी थिइन् । सोमबार नै भएको ट्रायथोलन ‘पुरुष’मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

महिला व्यक्तिगत काताअन्तर्गतको कराँते खेलमा भने नेपालले स्वर्ण गुमाएको छ । नेपालकी चन्चला दनुवारलाई हराउँदै पाकिस्तानकी सईदाले स्वर्ण पदक जितेकी छिन् । चन्चला भने रजतमै चित्त बुझाउनु परेको छ । नेपालको महिला भलिवल टिम पनि फाईनलमा पुगेर कम्तीमा रजत पदक पक्का गरीसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।