हिले क्याम्पसमा नयाँ विद्यार्थीको भब्य स्वागत, सर्टिफिकेट मात्र लिने-दिने भन्दा व्यवहारिक ज्ञान हाँसिल गर्न-गराऊन जोड
धनकुटा खबर, मंसिर १७ । धनकुटा १ हिले क्याम्पसमा विविएस प्रथम वर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई आज भब्य स्वागत गरिएको छ । हिले क्याम्पसमा अध्ययन गरिरहेका विविएस दोश्रो ,तेश्रो र चौथो वर्षका विद्यार्थीहरुले प्रथम वर्ष पढ्न आएका २५ जना नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।
कार्यक्रम क्याम्पसका स्व.वि.यु सभापति नईन्द्र राईको अध्यक्षता तथा धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तामाङको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले सर्टिफिकेट मात्र लिने दिने भन्दा पनि व्यवहारिक ज्ञान हाँसिल गर्ने, गराउने कुरामा शिक्षक विद्यार्थी दुवै पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षाले नै मानिसको जीवन परिवर्त गर्ने तथ्यलाई स्मरण गराउदै व्यवहारिक र प्रभावकारी शिक्षा हाँसिल गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य लालचन गोङ्वा,हिले बजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्, हिले मावि का प्रधानाध्यापक खगेन्द्र आचार्य,क्याम्पस प्रमुख तारानाथ मिश्र लगायत अन्य शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती थियो ।
मन्तव्य क्याम्पस प्रमुख मिश्र र वडा सदस्य एवम शिक्षक अभिभावक संघका अध्यक्ष लालचन गोङ्वाले राखेका थिए । स्वागत मन्तव्य विविएस चौथो वर्षका विद्यार्थी भुवन वोगटीले राख्नुभएको थियो भने सञ्चालन धनन्जय नरालाले गर्नुभएको थियो ।


