अपा’ङ्ग दिवसमा छथरजोरपाटी धनकुटाका ५ जनालाई सम्मान
धनकुटा खबर । आज २८ औ अन्तराष्ट्रिय अपा’ङ्ग दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । यो दिवसको अवसरमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाका ५ जनालाई सम्मान गरिएको छ ।
अपा’ङ्गता कल्याण संघ छथरजोरपाटीको आयोजना तथा छथरजोरपाटी गाउँपालिका र करुणा फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित “अपा’ङ्गता जीवन साथी सम्मान” कार्यक्रमको वीच दमयन्ता लिम्वु वडा नं १,भगवती काफ्ले वडा नं ६, टिकामाया काफ्ले वडा नं ५ र वडा नं ३ का दिपक विष्ट र दिनेस भुजेललाई प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रम गाउँपालिकाका प्रमुख शेर वहादुर लिम्वुको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष तुलवहादुर भट्टाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका उपप्रमुख भीम कला श्रेष्ठले राख्नुभएको थियो सञ्चा’लन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान ड’ङ्गोलले गर्नुभएको थियो ।


