भारतीय वि स्तारवादका कारण नेपालको राष्ट्रियतामा ख तरा : अध्यक्ष केसी

कञ्चनपुर : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारबादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले संचालन गरेको कालापानी अभियानको कञ्चनपुरको भीमदत्त नगरमा मंगलबार गरिएको समापन कार्यक्रममा अध्यक्ष केसीले भारतले जारी गरेको नक्सामा देखाएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरा फिर्ताका लागि सरकारले कुटनीतिक पहलको थालनी गर्नुपर्ने बताए।

उनले राजनीतिक दलहरू राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कुटनीतिक पहल चाल्न नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भारतको विरोध गरेकैले पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता भएकाे पनि बताए। उनले भने, ‘भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ।’

सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरू भारतको इसारामा चल्ने गरेको उनको भनाई थियो। दक्ष युवा स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नु पर्ने बताए।

मंसिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी,दार्चुला हुँदै मंगलबार भीमदत्त नगरमा पुगेर समापन भएको हो।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।