साईप्रसमा लिम्बु स मुदायले य सरी चासोक तङ्नाम (उधौली) मनाउने

दिनेश गौतम, साईप्रस । किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम उधौलीको अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। डिसेम्बर ८ तारीख लिमासोल स्थित नियो फिस्टा हलमा ‘ चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ ‘ आयोजना हुने भएको छ।

स्वदेशमै भएको अनुभुती गराउन र प्रवासमा रहेका नेपालीहरुलाई आफनो सस्कृति जोगाउनका लागि नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको कार्यक्रम सम्योजक सरिता लिङ्ग्देनले जानकारी दिनुभएको छ । याक्थुङ लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे हेर्न,बुझ्न र परम्परा जान्ने अवसरको रुपमा कार्यक्रममा उपस्थित भएर चासोक तङ्नामको भब्य मनोरन्जन लिन अध्यक्ष तेजबहादुर सिगुले अनुरोध गरेका छन ।

कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक सस्कृती झल्काउने नृत्यहरु पनि देख्न पाइने आयोजकले जानकारी दिएको छ। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के च्याब्रुङ लाङ नाच र या धान नाच हुन्छ । केलाङ विशेषगरी चाडपर्व , सभा तथा विवाह इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरीएको सस्थाकी सल्लाहकार बिष्णु लिम्बुले बताएकी छिन । । केलाङ र यालाङ नृत्य नेतृत्वका लागि लण्डन बाट सुरेन ताम्लिङलाई विशेष निमन्त्रणा गरिएको छ।

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतीहरु हुने छन् । गायक लिम्बुका गितहरु दर्शकश्रोता माझ लोकप्रिय छन् । उनले थुप्रै चर्चित गितमा आवाज दिएका छन् भने विभिन्न चलचित्रमा समेत गित गाइसकेका छन् । ‘मैले माया गर्न जानिन होला’, ‘मुटु माग्यौ तिमिले, ‘नाइ न भन्नू ल, ‘म बाच्नु को के अर्थ लगायत बोलका गित श्रोताको मुखमा ‘झुन्डिएका’ गित हुन् ।

लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको छ । सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले गायन कलाले मन्त्रमुक्त पार्ने तयारी गर्दैछन् । नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । रेश्मा लिम्बुको सह सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस नेपाल डट कम रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।