एकै जीपमा २६ जना सवार, प्र हरीले झा रेका कारण ८ को ज्या न जो गियो

पोखरा । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा १४ जनाका ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण ओभरलोड र तीब्र गति भएको प्रहरीले जनाएको छ ।

इस्माबाट २६ जना यात्रु बोकेर आएको उक्त जीपलाई मध्यपहाडी लोकमार्गअन्र्तगत भीमगिठे प्रहरी चौकीले रोकेर आठ जना यात्रुलाई झार्न लगाएकाले उनीहरु दुर्घटनामा बच्न सफल भएको बताइएको छ । ‘कुलपूजामा सहभागी हुन जीप रिर्जभ गरेर ल्याएका रहेछन, जीप भित्र र जीपको छतमा खचाखच मानिस बोकेर हिडेको देखेर प्रहरीले जीप रोकेर अन्य सवारीमा जान भनेकैले आठ जना दुर्घटनाबाट बचे ।’ स्थानीय पत्रकारले बताउनभयो ।

प्रहरीले बढी यात्रु लैजान नदिएपछि जीपका सहचालक कर्णबहादुर हिकाम लगायत आठ जना उक्त जीपबाट झरेर अन्य सवारीमा गएका थिए । जीपबाट झरेका डम्मर कार्कीले आफूहरू जीपबाट झरेर दुर्घटनाबाट बच्न सफल भएपनि आफ्ना दाजु महेन्द्र कार्की लगायत १४ जनालाई गुमाउनुपरेको बताउनुभयो । भिमगिठे प्रहरी चौकीका सई रिनबहादुर बैदवारका अनुसार बढी लोड र तीव्र गतिका कारण जीप दुर्घटना भएको बताउनुभयो ।

दुर्घटना लगत्तै पूर्व मन्त्री एवं गुल्मीका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट नेपाली सेनाको हेलिकाेप्टर लिएर घटनास्थल पुग्नुभएको थियो । हेलिकाेप्टरमार्फत घाइतेको उद्दार गरी काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिनुभयो । ‘कुलपूजाका लागि हिडेका इस्मा गाउँपालिकाका धेरैको मृत्यु भएपछि गाउँ शोकमा छ, घाइतेलाई पूर्व मन्त्री विष्ट आफै घटनास्थलबाटै उद्धार गरेर शिक्षण अस्पताल ल्याउनुभएको थियो ।’ याे खबर गाेरखापत्र दैनिकमा छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।