तेह्रौँ द क्षिण ए शियाली खे लकूद: ब्याडमिन्टनमा नेपाल सेमी फा इनलमा

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिङ्गल, डबल्स तथा मिक्स डबल्समा नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्ड हलमा आज भएको खेलमा पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफुल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडी सेमीफाइनलमा प्रवेश गरेको हो । नेपालका रत्नजित तामाङले बङ्गलादेशका सिग्बत उल्लाहलाई २१–१३ र २३–२१ को सोझो सेटमा पराजित गरी सेमीफाइनल यात्रा तय गरेका हुन ।

यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भूटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् ।

यसैगरी मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भूटानका अनिष गुरुङ र सम्झना गुरुङको जोडीले वाकओभर दिएपछि सोझै सेमीफाइनलमा पुगेका छन् । महिला डबल्सतर्फ नेपालका जेसिका गुरुङ र रसिला महर्जनको जोडी श्रीलङ्काका प्रमोदिका हेण्डेहवा र के। सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भएकी छन् ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धाँमी र रत्नजीत तामाङको जोडी भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भएका छन् । यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङको जोडी बङ्गलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भएका छन् ।

पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरेका छन् भने, सोही इभेण्टमा श्रीलङ्काका दिनुका निसान परेराले भूटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरेका छन् ।

यसैगरी भारतका आर्यमान टण्डनले श्रीलङ्काका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरका छन् । महिला सिंगलतर्फ श्रीलङ्काकी दिल्मी दियासले बङ्गलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे ।

सोही इभेण्टमा श्रीलङ्काका रत्नसिरि कपुरुले बङ्गलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरेकी छन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित ग¥यो ।

सोही इभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरेकी छन् । पुरुष डबल्सतर्फ श्रीलङ्काका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरेका छन् ।

सोही इभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलङ्काका डि परेरा र एच चङ्कामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरेका छन् । महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले बङ्गलादेशका वृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा र सोही इभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले बङ्गलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरेका छन् ।

श्रीलङ्काका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरेका छन् । मिक्स डबल्सतर्फ श्रीलङ्काका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गरेको छ ।

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरेका छन् । आजको खेलमा विजयी भएका सबै खेलाडीले सेमीफाइनल यात्रा तय गरेका छन् । पोखरा रङगशालाको कोर्टमा भोलि सेमीफाईनल संस्करण हुने प्रतियोगिताका प्राबिधिक संयोजक नरबहादुर गुरुङले जानकारी गराए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।