नेपाल भ्रमण वर्ष नजिकिएसंगै शैलुङमा पर्यटकको चहलपहल

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा लागेका सरकारले देशभरका ७७ जिल्लामा एक सय नयाँ पर्यटकीय गन्तव्य थप्दै शैलुङ पदमार्ग समेत समावेश गरेपछि अहिले यो ठाउँमा चहलपहल बढेको हो ।

काभ्रेको धुलिखेलबाट शैलुङ घुम्न आएका सुविन तामाङले शैलुङ अन्य भन्दा फरक भएकोले पनि नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा आफुले पाएको बताए। उनले शैलुङ आईपुग्दा आफूलाई स्वर्गको अनुभूति भएको बताए। शैलुङ समुन्द्री सतहबाट तीन हाजर एक सय ४५ मिटर अग्लो स्थानमा दोलखाको दक्षिण–पश्चिममा अवस्थित छ । शैलुङ जीवनमा एकपटक पुग्नै पर्ने पवित्र भूमि रहेको उल्लेख गर्दै शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले नेपाल घुम्न चाहने पर्यटकका लागि शैलुङलाई नयाँ गन्तव्यको विकल्पको रुपमा परिचित गराउने अभियानमा लागेको बताए।

प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिने शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल, गणेश हिमाल लगाएत चुरे पहडका थुम्काहरु समेत देखिने भएकाले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको उनको दावी छ । शैलुङ डाँडामा भर्खरै चार तले भ्यू टावर बनाइएको छ । टावरबाट हेर्दा आसपासका प्राकृतिक दृश्यहरु झनै राम्रो देखिन्छ । त्यसैगरि शैलुङमा ५३ फिट अग्लो छ्योर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । यहाँको एक ओडारमा प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिर अवस्थित छ । मन्दिरमा जनैपुर्णिमा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्ने गर्दछ । त्यसैगरी यहाँ पापी छिर्न नसक्ने धर्म ढोका पनि रहेको छ । यहाँको एक ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फुल्ने गर्दछ । त्यसरी गोदावरी फुल फुल्दा त्यो ओडारमा दुध जस्तो तरल पदार्थ चुहिने गरेको स्थानीहरु बताउँछन् । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु सधैँ नरम रहने जनविश्वास रहिआएको छ ।

शैलुङमा बाघ, गाई र गंगटा जस्ता ढुंगाहरु छन् । डाँडाको एउटा ढुंगामा बुद्धका पाईला छ । कालापानीबाट शैलुङ जाने बाटोमुनि डाँफेको शिलापत्र पनि देख्न सकिन्छ । हिउँ पर्ने समयमा शैलुङ हिउँको बर्को ओढेर बसे जस्तो देखिन्छ । चैत,वैशाखमा गुराँस र चिमाल फुल्दा वनै राताम्मे र सेताम्मे हुन्छ । आन्तरिक तथा बाह्य पर्याटको सुविधाका लागि शैलुङ गाउँपालिकाले वडा नम्बर–८ स्थित कालापानीलई शैलुङ बेसक्याम्पको रुपमा विकास गरेको छ । कालापानीमा अहिले १२ कोठाको सुविधा सम्पन्न सामुदायिक लज बनेको छ । त्यसैगरि निजी लगानीमा सुविधासम्पन्न होटलहरु पनि बन्ने क्रममा रहेको छ ।
पर्यटकहरुको सहजताका लागि हाल कालापानीदेखि शैलुङसम्म सिँढी बनाइएको छ। राजधानी काठामाडौँबाट एक सय २५ किलोमिटरको दुरी र सदरमुकाम चरिकोटबाट ४३ किलोमिटरको दुरीमा कालापानी पर्छ । त्यसपछि मनोरमा दृश्यावलन गर्दै करिब ४५ मिनेट देखि एक घण्टाको पैदल मार्ग हिडेर शैलुङ पुग्न सकिन्छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।