यस्तो रै छ सागको मु खमा तुलसा विदेश भा सिनुको का रण
काठमाडौं, मंसिर १९ । पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका ३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो।
४४ वर्षीय मुटुरोगी पद्मा खत्रीका आँखा ओभाएका छैनन्। पद्माका पति रोजगारीका लागि मलेसियामा छन्।
पद्माले जेठी छोरी तुलसाको आवाज सुन्न नपाएको एक साता भयो। देशमा अहिले १३ औँ दक्षिण एसियाली खेलकुद साग सञ्चालन भइरहेको छ।
एथ्लेक्टिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द प्रशिक्षणमै रहेका बेला रोजगारीका लागि कतार गएकी छन्। धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पुर्याएको आरोप लगाइरहेका छन्।
तर, घरको अबस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ। यो खबर आजको नागरिक दैनिकमा सुर्खेतबाट नरेन्द्र उपाध्याय र गोविन्द केसीले लेखेका छन्।
तुलसाका बाबु भीमबहादुर १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्। उनका तीन भाइबहिनी छन्। पाँचकठ्ठा जमिनको उब्जनीले खान पुग्दैन। बुवाको कमाइ र आफ्नो तलबले घरखर्च पुग्न छाड्यो।
ऋण थपिँदै गएपछि जेठी छोरी तुलसा साग छोडेर कमाउन कतार हानिइन्।
तुलसाले बेलाबेलामा ज्यानको बाजी थापेर देशको नाम उँचो राखे पनि आफूजस्ता आर्थिक हैसियत कमजोर भएका खेलाडीलाई सरकार र विभागीय टीमले सहयोग नगरेको दुखेसो आफन्तसँग गर्थिन्।


