कञ्चनपुरका हिमाल टमटालाई पु रानो साइकल र मागेको पोशाकले जि तायो स्वर्णपदक

कृष्ण दवाडी : कञ्चनपुर महेन्द्रनगरका हिमाल टमटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रच्यो। नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा ट्रायथोलन अन्तर्गत को पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो।

भारतमा सम्पन्न १२औँ संस्करण देखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको थियो। घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा सोनी गुरुङ र पुरुष तर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल भएका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमटाको सपना यस पटक साकार भएको छ।

उनले दुई वर्षअघि नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकूद प्रति योगिताबाट स्वर्णको सपना देख्न शुरु गरेका थिए । नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए। एक दिनको अन्तरमा भएका दुबै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन् ।

सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए। राष्ट्रिय खेलकूद लगत्तै टमाटा आफूलाई डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुगे। सागमा स्वर्ण जित्ने लक्ष्य सहित उनी हरेकदिन अभ्यासमा व्यस्त हुन थाले। दौड र साइक्लि ङमा उनको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहे। “राष्ट्रिय खेलकूदपछि एउटामात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्दछ भन्ने मलाई लाग्यो।

त्यसबेला देखिनै डुआथोलनमा स्वर्ण हासिल गरेरै छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ,” टमाटाले स्वर्णको सपना सजाउँदाको समय सम्झिए । दक्षिण एशियाली राष्ट्रहरुको सबै भन्दा ठूलो खेलकूदमा स्वर्ण हासिल गरे लगत्तै उनी हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरेका छन् । सन् २०२२ मा चीनमा तय भएको एशियन गेममा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ।

आफू कठिन अवस्थामा समेत कहिल्यै पनि हतास र निराश नहुने उल्लेख गर्दै उनी भन्छन्, “मानिसले लक्ष्य ठूलो राख्नुपर्दछ । लक्ष्य अनुसारको मेहनत र परिश्रम गर्यो भने असम्भव केही पनि छैन । देशलाई एशियन गेममा पदक दिलाउने अब मेरो सपना छ।” सागको तयारीका क्रममा समेत उनले चुनौती सामना गर्नुपरेको थियो। टमाटालाई अभ्यासकै क्रममा नयाँ साइकल आउने भनिएको थियो ।

तर प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरुसँग सन् २०१४ मोडलको पुरानै साइकल लिएर उनी ष्पर्धामा हामिएका थिए। त्यति मात्र होइन खेलका क्रममा लगाउने पोशाक समेत उनले समयमै पाएनन्। प्रति योगिताको एक/दुई दिन अघि आएको पोशाक उनको शरीरमा मिलेन। त्यसपछि साथिको मागेर खेलमा भाग लिए।

टमटा भन्छन् “हाम्रो साईकल पाँच/छ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साईकल भएकाहरुसँग प्रतिष्पर्धा कठिन भए पनि आत्मवल कै कारणले पनि उनीहरुलाई जित्यौँ ।” टमाटा १४/१५ वर्षको उमेरबाट नै खेलकूदमा आकर्षित थिए। दौड र कराँतेमा उनको लगाव थियो। विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगिताहरुमा पाँच र १० किमी दौडमा उनी भाग लिन्थे। पछि उनी नेपाली सेनामा भर्तीभएपछि खेल्ने वातावरण अझै अनुकूल बन्यो ।

नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सँधै प्रेरित गरे। शुरुमा साइकल राम्रोसँग डोहोर्याउन समेत नजान्ने उनलाई चन्दलेनै साइकल चलाउन सिकाए । “मैले जुन सफलता पाएको छु,त्यसमा राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो। खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उनी चन्दप्रति ऋणी सुनिए।

अहिलेदेखि नै आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै सरकारले खेलाडीहरुलाई सहयोग गर्न माग समेत गरे। नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवारले टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन्। उनी भन्छन्, “राष्ट्रिय खेलकूद परिषद्बाट समय मै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाई भयो। खेलाडीले अभावका बीचमा समेत उत्कृष्ट न’तिजा निकाल्न सफल भए।” रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।