‘म लाई नेपाली हो इनौ भन्छन, म ने पाली हुँ, मेरो यो स्वर्ण नेपालका लागि हो’ : गौरिका सिंह

काठमाडौं। नेपालकी जलपरीको उपनामले परिचित गौरिका सिंहले बिहीबार इतिहार रच्दै पौडमा स्वर्ण जितिन्। उनले २ मिटर फ्रि स्टाइल स्पर्धामा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। साग इतिहासमा पौडीमा व्यक्तिगत स्वर्ण जित्ने गोरिका पहिलो नेपाली खेलाडी बनेकी छन्। व्यक्तिगत स्वर्ण जितेकी गौरिकाले रिले स्पर्धामा काश्य जितिन्।

त्यसपछि सञ्चारकर्मीको आग्रहमा छोटो प्रतिक्रिया दिएकी उनले आफुले जितेको पदक नेपालको भएको बताइन् । र भनिन्, ‘मलाई नेपाली होइनौं भन्छन्, तर म नेपाली हुँ, मैले जितेको पदक नेपालको हो ।’ उनले यो पदक नेपाल प्रति समर्पण गर्नेसमेत बताइन् । गौरिका बेलायतमा बस्दै आएकी छन्। उनी साग शुरु हुनुभन्दा केही दिन अघिमात्र नेपाल आइपुगेकी हुन्।

बेलायतमा रहँदा राम्रो तयारी गरेकाले पनि पौडीमा नेपालले स्वर्ण जित्न सकेको हो। उनले भनिन्, ‘मेरा फ्यान यति धेरै रहेछन् भन्ने आज थाहा भयो, आज मेरो बेस्ट डे रह्यो।’ बेलायतमा जन्मे हुर्केकी र उतै बसोबास गर्ने गौरिकालाई धेरै खेलकर्मी, पदाधिकारी र समर्थकले नेपाली मान्दैनन्। विदेशमा जीवनयापन गर्ने र अवसर लिनका लागि नेपाली पौडीको उपयोग गरेको उनीमाथि आ’रोप छ।

तर, गौरिका आफैं भने आफूलाई नेपाली मान्छिन्। उनको परिवार पनि आफूलाई बेलायती मान्दैनन्। त्यसैले आ’लोचकहरूको त्यो व्यवहारले गौरिकाको किशोर मन साह्रै दुखेको छ। ‘तिमी नेपाली होइनौं’ भन्ने शब्दले उनलाई साह्रै घो’च्ने गर्छ। बिहीबार साग खेल कुदको इतिहासमै पहिलोपटक नेपाललाई व्यक्तिगत पहिलो स्वर्ण जिताए पछि १६ वर्षे यी किशोरीले त्यही दुःख सुनाइन्। आफू नेपाली नै भएको साबिति दिइन्। विदेशी नमान्‍न अनुनय गरिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।