पाख्रीवासमा कृषी स्नातक तहको प्रवेश परिक्षा शूल्क ५ हजार, विद्यार्थी संगठनको आ’पत्ती (संयुक्त विज्ञप्ती सहित)

धनकुटा खबर । कृषी तथा वन विज्ञान विश्व विद्यालय अन्र्तगतको प्राकृतीक श्रोत व्यवस्थापन कलेजको २०७६/७७ कृषी स्नातक तहको हालै तोकिएको प्रवेश परिक्षाको शूल्क प्रति प्राकृतीक श्रोत व्यवस्थापन कलेज पाख्रीवासका विभिन्न विद्यार्थी संगठनले आपत्ती जनाएकाछन् ।

कृषी स्नातक तह २०७६/७७ को प्रवेश परिक्षा शूल्क क्याम्पसले ५ हजार कायम गरेको प्रति आज उनिहरुले विज्ञप्ति जारी गरी आपत्ति जनाएकाहुन् ।

क्याम्पसका अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेवि संघले संयुक्त विज्ञप्ति जारी गरी प्रवेश परिक्षा शूल्क घटाउन माग गरेकाछन् । उनिहरुले विश्वविद्यालयको चरम लापरवाही अन्त्य गर्नुपर्ने, प्रवेश परिक्षा शूल्क घटाएर विद्यार्थी मैत्री वनाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

साथै प्रकाशित सूचनामा काउन्सेलिङ पद्धतीको वारेमा स्पष्ट नखुलाईएको भन्दै सो सूचनाको स्पष्टिकरण दिन समेत जोडदार माग गर्दछौ विद्यार्थी संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आफुहरुको माग पूरा नभए अझ सशक्त रुपमा प्रस्तुत हुन वाध्य हुने अनेरास्ववियु, अखिल क्रन्तिकारी र नेवि संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।