हिलेलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न खेलकुद : संसद राई
धनकुटा खबर । प्रदेश नं १ का प्रदेश सभा सदस्य निरन राईले खेलकुदको माध्यम बाट हिलेलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने वताउनुभएको छ ।

आजदेखी धनकुटा १ हिलेमा शूरु भएको दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । हिले व्याटमिन्टन कर्भड हललाई आफुले पाकेटिङ्गका लागि रु ५ लाख सहयोग उपलब्ध गराइसकेको जानकारी गराउदै उहाँले बहुउद्देश्यीय कबडहलको लागि डिपिआर तयार भइसकेको पनि स्पष्ट पार्नुभयो ।
साथै हिले छिन्ताङ सडकखण्ड कालोपत्रे गर्ने तयारीका साथै र यहाँका पर्यटकिय पूर्वाधार निर्माण को काम समेत भइरहेको उहाँको भनाई छ ।


