टंक मावि धनकुटाका शिक्षक-विद्यार्थी जो दान पेटीकामा रकम जम्मा गरी आफ्नो जन्मदिन मनाउँछन
शर्मिला राई, धनकुटा खबर । पछिल्लो समय नेपाली समाजमा जन्म दिन मनाउने चलन वढदो छ । तर जन्मदिन मनाउने तरिका भने फरक फरक पाईन्छ । कसैले आफ्नो आफन्त, छरछिमेक र साथीभाईलाई पाटी दिएर त कसैले सामाजिक कार्य गरेर पनि जन्म दिन मनाएको पाईन्छ ।
यी मध्येपनि प्राय पाटी दिएर र खाएर नै जन्मदिन मनाएको उदाहरण हामीले वढी मात्रामा देख्ने गरेका छौ । तर धनकुटाको श्रीमान टंक माद्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले भने आर्थिक रकम जम्मा गरी आफ्नो जन्मदिन मनाउदै आएकाछन् ।
धनकुटा नगरपालिका २ भीरगाउँमा अवस्थित यस विद्यालयका सरकारी तथा नीजि शिक्षक कर्मचारी २४ जना र कक्षा १० सम्मका ४ सय ६१ जना विद्यार्थीहरुले आ-आफ्नो जन्म दिनको, दिन आफुले सक्ने जति रकम श्रीमान टंक मावि जन्म दिन वालपेटिका स्थापना गरि गत भाद्र १० गतेवाट रकम संकलन गर्न शूरु गरेका हुन् ।
विद्यालयका वाल क्लव संरक्षक शिक्षक सरोज दाहालको जन्मदनि भाद्र १० गते को अवसरपारी श्रीमान टंक मावि जन्म दिन वालपेटिका स्थापना गरिएको हो । विद्यालयका वालक्लवहरुले गर्ने कार्यक्रममा सहयोग पुर्याउने लक्षका साथ यो कोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्माले वताउनुभयो ।
वालक्लव संरक्षक शिक्षक दाहाल कै जन्मदिन देखी शूरु गरिएकोले रकम संकलन पेटिका पनि शिक्षक दाहालले नै सौजन्य गर्नुभएको प्रधानाध्यापक विश्वकर्माको भनाई छ । यहाँ संकलित रकम हरेक शैक्षिक वर्षको अन्त्यमा खोलेर सार्वजनिक गरिने योजना रहेको उहाँले वताउनुभयो । यो कार्य शूरु भए यता विद्यालयका १५ जना शिक्षक तथा विद्यार्थीले आ आफ्नो जन्मदिनको अवसरमा आफ्नो गच्छे अनुसार रकम संकलन गरिसकेको विद्यालयले जनाएको छ ।
यसरी रकम संकलन गर्नाले एकातर्फ वाल क्लवले आयोजना गर्ने कार्यक्रमको लागि आवश्यक आर्थिक रकम जुटाउन सहज त हुन्छ नै अर्को तर्फ विद्यार्थीहरुमा व्यवहारिक रुपमा वचत गर्ने वानीको समेत विकास हुने अपेक्षा विद्यालयको छ ।


