नेपाली भूमि अ तिक्रमणको मु द्दालाई अन्तर्राष्ट्रिय अ दालतमा लैजानुपर्छ: बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको आज उद्घाटन गर्दै राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको बताएका हुन् ।

‘जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनीतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदातालाई झुक्याउने काम गलत हो’, बिजुक्छेले भने । लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज अनुसन्धान केन्द्रका रुपमा विकास गरी कलेजलाई् विश्वविद्यालयका रुपमा अगाडि बढाउन प्राध्यापकलाई उत्साहित गर्दै आइरहेको बताए ।

भक्तपुर नगरवासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इञ्जिनीयरिङ कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय इञ्जिनीयरिङ शिक्षा प्रदान गरिरहेको उनले बताए ।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवापुस्तालाई देश र विश्वको मानचित्र बुझ्ने ढङ्गले शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको औँल्याए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल इञ्जिनीयरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवाल, इञ्जिनीयरिङ अध्ययन संस्थान, परीक्षा सहायक डिन प्राडा ज्ञानबहादुर थापा, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाललगायतले स्थानीय तहबाट स्थापना भएको देशको पहिलो इञ्जिनीयरिङ कलेजले सस्तोमा इञ्जिनीयरिङ शिक्षा प्रदान गर्दै आएको बताए । वार्षिकोत्सवकै अवसरमा कलेजले ‘नेशनल ग्राजुएट कन्फरेन्स अन आर्किटेक्चर’ विषयको सम्मेलन गरेको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।