बिद्यार्थी भिसामा साइप्रस आएका कार्कीको नि धन
साइप्रस । ६ महिना अगाडि मात्रै बिध्यार्थी भिसामा साइप्रस आएका धकराज कार्कीको आज पाफोसमा निधन भएको छ ।
कार्कीको निधनबारे प्रहरीको रिपोर्टमा पुष्टी भैसकेको र घटनाको थप जानकारी र बिवरण सहित मेडिकल रिपोर्ट आउँन बाँकी रहेको एनआरएनए साइप्रसले जनाएको छ ।
कसैले पनि अतिरंजित समचारहरु बनाई, सम्प्रेषण नगरिदिनु सबैमा हार्दिक अनुरोध गर्दै एनआरएनए साइप्रसले आफ्नो अफिसियल फेसबुक पेज मार्फत यस घटनाले आफुहरुलाई दुखित र स्तब्ध बनाएको बताउंदै मृतकको आत्मा प्रति हार्दिक श्रद्धा सुमन र परिवारजनमा गहिरो समबेदना समेत प्रकट गरेका छन् ।


