उद्योग बाणिज्य संघ धनकुटामा ताला, ताला खोल्न सहमतीको प्रयास जारी

धनकुटा खबर, २४ मंसिर । उद्योग बाणिज्य संघ धनकुटाको कार्यालयमा व्यावसायीहरुले ताला लगाएको छ ।

मंसिर २३ गते भएको महासंघको साधारण सभामा आफ्ना माग राख्दा राख्दै बन्द सत्र सुरु गरिएको र नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसर बाट बञ्चित गरिएको भन्दै उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाउनु पर्ने अवस्था सिर्जना भएको उद्योग बाणिज्य संघको भवन परिषरमा भेटीएको उद्योग बाणिज्य संघ निर्वाचन समितीका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

विज्ञप्तीमा कुनै संगठन अर्थात समुहको नाम नराखी नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी भन्ने कुरा मात्र उल्लेख गरिएको छ । बिज्ञप्तीमा आफ्ना माग पुरा नहुदा सम्म ताला बन्दी रहने समेत उल्लेख गरिएको छ । हिजो साधारण सभा सकिएको र आज बाट निर्वाचनका अन्य प्रकृया अगाडी बढाईने निर्वाचन समितीले कार्यतालिका निर्माण गरेको थियो । संघको कार्यालयमा तालावन्दी गरिएपछि लोकतान्त्रिक समूहवाट आगामी कार्यकालका लागि अध्यक्षको उमेदवारी तयारी गर्नुभएका विजयसन्तोषी राईले संघको कार्यालयमा तालावन्दी नेकपा समर्थक कार्यकर्ता व्यवसायीहरुले गरेको दावी गरे ।

यता वामपन्थी समूहवाट अध्यक्षको उमेदवारीको तयारी गर्नुभएका निर्वतमान महिला उपाध्यक्ष तारा तितुङ्गले भने विपक्षीहरुले लगाएको आरोपमा कुनै सत्यता नभएको र नेकपाकै कार्यकर्ताले तालावन्दी गरेको कुनै प्रमाण नभएको दावी गरिन्न । तितुङ्गले व्यापारीहरुले आफ्नो हक अधिकारका लागि लड्न पाउने दावी गर्दै कतिपय व्यवसायीहरु छुटेको र उहाँहरुलाई समावेश गर्नुपर्ने अवस्था आएको भन्दै तालावन्दी अधिकारको कुरा वताईन् ।उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेले केही व्यवसायी साथीहरु छुट्नु भो रे भन्ने कारणले तालावन्दी गरेको बताए । त्यसैले ताला खोल्ने विषयमा सहमतिको प्रयास जारी राखिएको र सहमतिवाटै समाधान खोजिने दावी गरे ।

यता निर्वाचन समितिका प्रमुख आयुक्ता विकास प्रधानले भने तालावन्दीका कारण निर्वाचन गर्नलाई सहज वातावरण नभएकाले मंगलवारका लागि पूर्व प्रकाशित कार्यतालिकाहरु स्थगित गरिएको र सहज वातावरण वनाउने प्रयास जारी रहेको बताए । मंसिर २८ गतेको निर्वाचनको तालिका यथावत रहने बताउदै कार्यतालिकामा केही संशोधन हुन सक्छ तर मंसिर २८ को निर्वाचनको तालिका भने प्रभावित नगरिने बताए ।

उद्योग वाणिज्य संघको कार्यालयमा गरिएको तालावन्दी प्रति स्थानिय प्रशासनले समेत दुईपक्षीयरुपमा वार्ताको माध्यमवाट समाधान खोजिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेका अनुसार वुधवार संघका निर्वतमान पदाधिकारीलाई कार्यालयमा वोलाएर छलफल गराउने र त्यसवाट पनि निष्र्कष नआए दुवै पक्षका आकांक्षीहरुलाई वोलाएर छलफल गर्ने र त्यसवाट पनि समाधान नभए सम्वन्धित दुवैपक्षका राजनीतिक दलका नेतृत्वलाई वोलाएर छलफल गराउने कार्ययोजना रहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।