धनकुटामा उधौली पर्वको रौ’नक : पाख्रीबासस्थित पाथीभरा मन्दिरमा पनि घु’ईचो
धनकुटा खबर, मंसिर २६ । आज मंसिरे पूर्णीमा किराँतीहरुको विशेष पर्व “उधौली” विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । प्रकृती पूजक किराँतीहरुरुले आज यो पर्वको अवसरमा भूमिवाट उत्पादित नयाँ अन्नवाली भूमिलाई नै चढाउदै पूजा आराधना गरी साकेला सिली नाच्दै भव्यताका साथ मनाएकाहुन् ।
यसै अवसरमा धनकुटाको पाख्रीवास स्थितको पाथीभरा मन्दिरमा विभिन्न समुदायमा भक्तजनहरुले मन्दिरको दर्शन एवम् पूजा गरी आ आफ्नो पर्व मनाएकाछन् । किराँत, नेवार, गुरुङ्ग, क्षेत्री, व्राह्मण लगायत जातजातीका मानिसहरुले आज यहाँ पूजा आराधना गरी उधौँली पर्व, धन्य पूर्णिमा यामरि पुन्ही र सहितका चाड मनाएका हुन् ।

यो मन्दिरमा हरेक वर्ष मंशिर पूर्णीमाको दिन यसरी नै सम्पूर्ण समुदायका दर्शनार्थीहरु आजकै दिन जम्मा भई पूजा आराधना तथा दर्शन गर्दै आएकाछन् । उधौली पर्वकै अवसरमा धनककुटाका नगरपालिका ६ स्थितको किराँत राई साकेला माङ्हिम पार्कमा पनि धनकुटाका किराँतीहरुले नयाँ वाली प्रकृतीलाई चढाउदै यो पर्व मनाएकाछन् ।
किराँत राई साकेला पार्क संरक्षण समितिद्धारा आयोजित कार्यक्रममा भूमि पूजा पछि साकेला नृत्य समेत प्रदर्शन गरिएको समितिका अध्यक्ष सञ्जय सन्तोषी राईले जानकारी दिनुभयो । उता सागुरीगढी गाउँपालिका आहालेको ठूलो गाउँमा पनि सामूहिक रुपमा भूमि पूजा गरी भव्यताका साथ उधौलि पर्व मनाईएको स्थानिय नगेन्द्र राईले वताउनुभयो ।


