छोरी आफ्नो लागि हो भने छोरा समाजलाई देखाउनको लागि : पशुपति शर्मा (भिडियो सहित)

काठमाडौ । लोक गायक पशुपति शर्माले भर्खरै स्याङ्जामा भव्य घर निर्माण गरेका छन् । एक छोरा र एक छोरीको बुवा भएका पशुपति शर्माले छोरा छोरीको वारेम आफ्नो धारणा व्यक्त गरेका छन् ।

पशुपति शर्माले क्यानाडा नेपालका लागि सन्तोष निरौलासंग कुराकानी गर्दै भने : “छोरा भन्दा छोरी आमा बुवाको लागि नजिक हुन्छन् । म सधै भन्ने गरेको छु कि छोरी भनेको आफ्नो लागि हो भने छोरा भनेको समाज परिवारलाई देखाउनको लागि हो ।

ल है छोरा जन्मियो भनेर समाजलाई भन्दा परिवार देखि समाज खुशी र गर्व हुन्छन् तर छोरी भनेको सधै आफ्नो नजिक हुन्छन। वंश धान्न छोरा चाहिने हो तर आमा बुवाको माया भने छोरीले गर्छन ।

छोरा र छोरीको लागि गित बनाउदै गरेका पशुपति शर्मालाई छोरी हुँदा झन् बढि खुशी भएको कुरा उल्लेख गर्दै भने: “एउटा छोरी भएपछी अर्को पनि छोरी नै हुँदा पनि हामी खुशी हुन्थ्यौ ।

छोरा नै चाहिने भन्ने थिएन र छोरा हुँदा हामी भन्दा बढि आमा बुवा देखि सासु ससुरा खुशी हुनुभएको पाए । खासमा छोरा भन्दा छोरीहरुले आमा बुवालाई बढी माया गरेको पाएको छु । मेरो आमा बुवालाई नै हल्का बिरामी हुँदा म भन्दा पहिला दिदी बहिनी पुगिसकेका हुन्छन ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖