तीन भारतीय मुख्यमन्त्रीलाई बोलाउँदै प्रदेश १ का मुख्यमन्त्री राई (भिडियो सहित)

काठमाडौं । प्रदेश नं. १ पूर्वी नेपालको प्रतिनिधित्व गर्ने प्रदेश हो । यस प्रदेशमा खोटाङ, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा गरि १४ जिल्लाहरु रहेका छन् । यहाँका प्रमुख शहरहरु मध्ये विराटनगर, इटहरी, धरान, धनकुटा, विर्तामोड, गाईघाट र इलाम हुन् ।

प्रदेश एकको क्षेत्रफल २५ हजार ९०५ वर्गकिमी र जनसंख्या ४५ लाख ३४ हजार ९४३ रहेको छ । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार यस प्रदेशमा २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका गरि १३७ वटा स्थानियतह प्रदेश एकमा पर्दछन् ।

शेरधन राई यहाँका मुख्यमन्त्री हुन् । यस प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । यो अग्ला हिमालहरुको राजधानी प्रदेश पनि हो । विश्वकै उच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा अग्ला आधा दर्जन भन्दा वढी हिमाल यसै प्रदेशमा छन् ।

यहाँका मुख्यमन्त्री शेरधन राई हुन् । यसपटक केन्द्रबिन्दु टेलिभिजनले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर प्रदेश नं १ ले के कस्तो तयारी गरेको छ त भन्ने विषयमा केन्द्रित रहेर उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ मुख्यमन्त्री राईसँग केन्द्रबिन्दुका सम्पादक दिवश गुरागाईंले गर्नुभएको कुराकानीको सम्पादित अंश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।