तमु धिं जापानले २५ औं तमु ल्होसार भब्य रुपमा मनाउने

टोकियो: तमु धिं जापानले २५ औं तमु ल्होसार (च्यु ल्हो) यहि आउदो जनवरी चार तारिक सनिबारका दिन विविध साँस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउने भएको छ ।

टोकियोको युनेओ पार्कमा सम्पन्न हुने उक्त ल्होसार (च्यु ल्हो) लाइ भब्य बनाउन नेपालबाट लोक गायिका शर्मिला गुरुङ पप गायक सन्जिब गुरुङ, लोक तथा दोहोरि गायक राकेश गुरुङ टोकियो आउनु हुने भएको छ | साथै टोकियोलाई आफ्नो कर्म थलो बनाउदै आउनु भएको गाएक रुपेश गुरुङ, द हिमालयन टेलिभिजनबाट संचालित चर्चित रियालिटी शो “द भ्वाइस अफ नेपाल” को नक आउट चरण सम्म पुगी आफ्नो धमाकेदार प्रस्तुति दिन सफल नब उदयमान गाएक कुमार गुरुङ (काले भाइ ) को बिशेष प्रस्तुति रहने छ ।

कार्यक्रमलाई थप धमाकेदार र मनोरंजनात्मक बनाउन तमु साँस्कृतिमा आधारित घाटु, सोरठी जस्ता नाच लगाएत विविध खेलहरु समेत प्रस्तुत हुनेछ ।जसको लागि तमु धिं जापानले आफनो ब्यापक आन्ताकिक तयारि गरेको छ ।

हरेक बर्ष आफ्नो सास्कृतिक पर्ब ल्होसार र रोधी लगाएत विविध सामाजिक क्रियाकलाब गर्दै आइरहेको तमु धिं जापानको यसपालिको (च्यु ल्हो ) ल्होसार बिषेश हुने आयोजले बताएको छ। हल भित्र कार्यक्रम गर्दा सिमित समयमा समेटिनु पर्ने बाध्यतालाइ पन्छाउदै टोकियोको ब्यस्त र थकित मनहरुलाई भरपुर आत्मा संतुस्टि र भब्य बनाउन यसपाली खुल्ला पार्कमा ल्होसार मनाउने भएकोले पनि यसपालिको ल्होसार बिशेष हुने भएको छ।

जसको लागि सस्थाले जापानमा अबस्थित सबै सामाजिक संघ सस्था, बैचारिक संगठन, जातीय सस्थाहरु, पत्रकार, बुद्धिजीबी, ब्यबसाही कलाकार सबैलाई निमत्रना समेत गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।