नेकपा–राजपा बीच १० महिनाअघि टु टेको स म्बन्ध फेरि कसरी जो डियो ?

काठमाडौ । १० महिनाअघि टुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीचको सम्बन्ध पुनः जोडिएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले गत २०७५ साल फगुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता गलिएको थियो ।

त्यसयता राजपा नेकपाबीचको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । समर्थन फिर्ता गर्नेवेला राजपाले संविधान संशाधन नगरेको, मधेस र थारुहट आन्दोलनका बन्दी रिहा र मुद्दा फिर्ता नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपरेको जनाएको थियो ।

त्यसयता पनि राजपाले संविधान संशाधनको एजेण्डालाई अघि सार्दै आएको छ । तर नेकपाले संविधान संशोेधन आवश्यकताका आधारमा गर्न सकिने जवाफ दिएपनि संशोधनको कुनै गृहकार्य गरेको छैन । राजपाको प्रतिस्पर्धी मानिएको अर्को दल समाजवादीलाई सरकारमै सामेल गराएको नेकपाले माघ ९ मा हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा राजपासँग एकाएक सहकार्य गर्न पुगेपछि समाजवादीलाई चक्मा र राजपालाई ‘सरप्राइज’ दिन सफल भएको टिप्पणी हुन थालेको छ ।

बुधबार नेकपा राजपाबीचको २ बुँदे सहमतिलाई समाजवादीले भने राजपाले दोहोरो चरित्र देखाएको टिप्पणी गरेको छ । यद्यपि चुनावको बेला दलहरुले ट्याक्टिकल रणनीति अपनाउनु सामान्य भएको उनले बताए ।
‘हाम्रो पनि अरु पार्टीहरुसँग कुरा भइरहेको थियो । त्यसैले योकुनै ठुला कुरा मानिँदैन । लोजिकलरुपमा हामीलाई गाली गर्ने राजपाले सत्तारुढ दल नेकपासँगै २ बुँदे सहमति गरेर दाहोरो चरित्र चाहिँ देखायो । यद्यपी हाम्रो पनि सवै पार्टीसँग सहकार्यका लागि अझै छलफल भइरहेको छ,’ सिंहले भने । उनले राजपा–नेकपाबीचको पछिल्लो सहमतिले राजनीतक समीकरण फेरवदलको सम्भावना नरहेको दावी गरे ।

यता सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजपासँगको सहकार्यका सम्बन्धमा दुई अध्यक्षहरुको बीचमा कसरी र के आधारमा छलफल भएर सहमति भएको हो भन्ने आफूलाई विस्तृत जानकारी नभएको भन्दै यसबारे पार्टीमा छलफल भएपछि मात्रै प्रतिकृया दिने बताए ।

श्रेष्ठको भनाइ अनुसार यो सहमति राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि मात्रै वा अन्य विषयमा पनि सहकार्य हो भन्ने प्रष्ट भैसकेको छैन । ‘निर्वाचनसँग मात्रै सम्बन्धित हो वा राष्ट्रिय राजनीति र अन्य मुद्दामा पनि हो भनेर प्रष्ट भएपछि मात्रै यसको प्रभावबारे विश्लेषण गर्न सकिन्छ’, श्रेष्ठले भने ।

अचम्मको कुरा त के छ भने राजपा र समाजवादीबीच एकता प्रकृया चलिरहेको छ । यता सत्तामा रहेको समाजवादीसँग नेकपा सन्तुष्ट छैन । यही बेला भएको नेकपा र राजपाबीचको २ बुँदे सहमतिपछि मुलुकको राष्ट्रिय राजनीतिमा कस्तो असर पर्ला त्यो भने आगामी केही दिन कुर्नुबाहेक अरु विकल्प छैन ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖