दुईवटा बि रालाको झ गडामा बाँ दरले रोटी खाइदिएजस्तो : बाबुराम भट्टराई

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी बीचको दुई बुँदे सहमतिले दिर्घकालीन असर नपार्ने दाबी गरेका छन् । दुई पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले सो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भनेका छन्, राष्ट्रियसभाको निर्वाचनमा तालमेल भनेको विशुद्द कार्यनीतिक र तत्कलिक मुद्दा हो । यसलाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नु उपयुक्त हुन्न ।’ भट्टराईले संविधान संशोधन जस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुुनुपर्नेमा जोड दिँदै भनेका छन्,‘ संविधान संशोधनजस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुनैपर्छ । नत्र दुईवटा बिरालाको झगडामा बाँदरले रोटी खाइदिएजस्तो हुनसक्छ ।’

नेकपा र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाजवादीका अध्यक्षद्वय भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसकेका थिए । तर एक्कासि ती दुई दलबीच सहमति भएपछि समाजवादी पार्टीलाई धक्का लागेको हो । -रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।