पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा.खतिवडा नि युक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा.घनश्याम खतिवडा नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि कुरा गर्दै उनले चारवर्षे कार्यकालमा पशुपति क्षेत्रको समग्र विकासमा सरोकार भएका निकायबीच समन्वयात्मक तरिकाले काम गर्ने प्रतिबद्धता जनाए । नेपाल संस्कृत विश्वविद्यालयबाट ‘महाकवि अश्वघोष विरचित बुद्ध चरित महाकाव्यमा रस विधान’ विषयमा डा.खतिवडाले विद्यावारिधि गरेका छन् ।

यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि गत असोजमै सकिएको थियो । परिषद् बैठकमा नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको सञ्चालक सदस्य आशा पाण्डेले बताइन् । उनको नेतृत्वमा आज कोषका महिला कर्मचारीको सहभागितामा पशुपतिस्थित वनकाली क्षेत्रमा सफाइ पनि गरिएको थियो ।

पशुपति क्षेत्रलाई स्वच्छ, सफा र पवित्र राख्न कोषका तर्फबाट पहल गरिरहने सदस्य पाण्डेले बताए । भ्रमण वर्षका अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने नाका नाकामा सफाइ अभियानलाई तीव्रता दिइने जनाइएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।