राष्ट्रपतिलाई का र्यकारी अ धिकार दिएर मि र्गाैला फे र्ने त यारीमा प्रधानमन्त्री ओली ! प्र त्यारोपण नेपालमै हुने

काठमाडौं । अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने भएको छ।

त्यसका लागि नातेदाहरूले मिर्गाैला दिने कबुल गरिसकेका छन्। प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता।

तर प्रत्यारोपणका लागि चाहिने स्वास्थ्यस्थितिको न्यूनतम सर्त पूरा नभएको अवस्थामा समय सर्न सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनआस्थालाई बताए भनेर आज बुधबारको जनआस्था साप्ताहिकले छापेको छ।

यसरी प्रत्यारोपणपछि कम्तीमा ३ महिना आराम गर्नुपर्ने बताइएको छ। त्यस अवधिमा सरकार वा पार्टीको पूर्ण जिम्मेवारी कसलाई दिने? यसबारे केही दिनमै निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ।

यसैबीच केही बुद्धिजीवीमार्फत कुरा बाहिर आएका छन्- राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रधानमन्त्री ओलीले आराम गर्ने।

प्रचण्डले पनि ०६४ मा कार्यकारी राष्ट्रपतिको एजेन्डा बोकेर चुनाव लडेका थिए। नेपालमा बेलायती मोडलको संसदीय व्यवस्था छ। यदि त्यसो गरियो भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि रोक्न सक्ने अवस्था देखिँदैन।

किनभने नेपाल वायुसेवा निगमको विवादास्पद वाइडबडी जहाज खरिदमा उनको संलग्नताका प्रमाणित आधारहरू छन्। त्यसैले विपक्षीले त्यस्तो कामलाई चुनौती दिन सक्ने सम्भावना छैन। यसबारे भित्र के पाक्दै छ, अहिलेसम्म सतहमा प्रकट भएको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।