तुलसीले यसरी दिन्छ सं कट आउन लागेको पू र्वसंकेत

घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ । शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् ।

पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ ।

ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्‍याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ ।

तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ ।

कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण-पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।