तराई क्षेत्रमा दुई दिनसम्म घाम नलाग्ने, चि सोबाट बच्न मौसम विभागको आग्रह

काठमाडौं, पुस ३ । तराई क्षेत्रमा चिसो बढेकाे भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।

तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु/कुहिरो भोलि (शुक्रबार)सम्म रहने र घाम नलाग्ने भएकाले चिसो बढ्ने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तराईका अधिकांश भूभागमा देखिएको कुहिरो भोलिसम्मै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानमा शीतलहरको स्थिति देखिएको छ। राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।’-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।