‘हाम्रो तीनजना सांसद भएको भए कांग्रेसका नेताहरुले संसदभित्रै कु टाइखाइसक्थे’ : कुमार लिङदेन

इलाम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश नं १ को संसदमा आफ्नाे पार्टीको कम्तिमा तीन जना सांसद भए कांग्रेस र नेकपाका सांसदहरुले अहिलेसम्म कुटाइ खाइसक्ने थिए भनेका छन् ।

शुक्रबार इमालको चुलाचुलीमा आयोजित कार्यक्रममा नेता लिङदेनले कांग्रेस–नेकपाका नेताहरुले विचारले नसुन्ने भएकाले उनीहरुमाथि भौतिक रुपमै आक्रमण गर्नुपर्ने बताए ।

‘विष्णु तुम्बाहाम्फे एक जना हुनुहुन्छ । एक जनाले कुनै प्रस्ताव पनि लान नपाइने । तीन जनासम्म भएको भए कुन–कुन कांग्रेस एमाले सभासदरुको दाँत झारिदिइसक्थ्यौ यतिखेर संसदमा,’ आक्रोश व्यक्त गर्दै नेता लिङदेनले भने, ‘किनभने यिनीहरुले बिचारले सुन्दैनन् । यिनीहरुलाई दुई चार मोबाइलको झट्टी हान्नैपर्छ, जुता हान्नैपर्छ ।’

कांग्रेस नेकपाका नेताहरुमाथि संसदभित्र चप्पल हान्ने हिम्मत आप्mनो पार्टीले मात्र गर्न सक्ने उनले बताए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोतर्फ लक्षित गर्र्दै उनले भने, ‘केन्द्रीय अध्यक्ष नै ओलीकोमा गएर हजुर ओली हजुर प्रचण्ड हजुर देउवा भनेर भनेपछि त्यो पार्टी कस्तो हुन्छ ? त्यो पार्टीले आन्दोलन गर्छ ? मैले पत्याइनँ । त्यो काम अरुले सक्दैन । सबैको नारी छामिसकियो । त्यो काम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गर्छ ।’

उनले चप्पल उठाएर कांग्रेस नेकपाका सांसदहरुलाई हान्दा हँदै भए कारबाही गर्ने संसदबाट निकाल्ने भन्दै त्यति नगरेसम्म ती नेताहरु लाइनमा नआउने तर्क गरे ।

देशका नेताहरुलाई टक्कर दिन आफू जन्मेको भन्दै लिङदेनले भने, ‘चप्पल उठाएर एमाले कांग्रेसको नेताहरुलाई हान्नुपर्छ । त्यति नगरी यो डाका भ्रष्टाचारीहरु लाइनमा आउँछ ? त्यो क्रान्तिको जरुरत छ, त्यसको लागि दम हुनुपर्छ ।’

सो क्रममा उनले बाहुनहरु आफ्नाे सत्रु नभएको सिंहदरबारमा बस्ने शासकहरु मात्रसत्रु भएको बताए । उनले पहिचानवादी पार्टीहरु धेरै भए पनि उनीहरुसँग आफ्नाे सिद्धान्त नै नमिल्ने बताए । उनले आफूहरुको मूल सिद्धान्त सहअस्तित्ववाद भएको प्रष्ट पारे ।

सो क्रममा उनले अख्तियारले छानबिन गर्न नपाउने भएकाले ठुला ठुला विकासका योजना नेपाली सेनालाई दिने र सबै मिलेर कमिशन खाने गरेको बताए । नेपाली सेना देशको सीमा सुरक्षामा नखटेर ठेकापट्टा र भ्रष्टाचारमा लिप्त भएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।