‘कुखुराले जसरी ख र्सिएर हेर्ने होइन, चीलले जसरी माथिबाट हेर्नुपर्छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुखुराजस्तो खोर्सिने नभइ चीलजस्तो उडान भर्ने हुनुपर्ने बताएका छन्। स्थायी समिति बैठकमा शनिबार नेताको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न चीलजस्तै उडान भर्नुपर्ने बताएका हुन्।

‘हामी कुखुरा होइन, चील बन्नु पर्छ । हरेक विषय वस्तुलाई कुखुराले जसरी खर्सिएर हेर्ने होइन, चीलले जसरी माथिबाट हेर्नु पर्छ’, प्रचण्डले भने, ‘त्यसो गरे मात्र हामी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर जान सक्छौँ ।’ नेताले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले पार्टी महाधिवेशन हुन बाँकी नै भएकाले विचारको बहस खुला नगरेको बताए। उनले पार्टीका आधिकारिक राजनीतिक प्रतिवेदनमा उल्लेखित राजनीतिक कार्यदिशा बाहेक अन्य विषयमा बहस खुला नभएको प्रष्ट पारे।

‘अहिले जुन राजनीतिक प्रतिवेदन र विधान पार्टीको छ,त्यो बाहेक अरु विषय छलफलमा लान पाइदैन। जतिबेला महाधिवशेनका लागि विचार खुला भयो भनेर पार्टीले भन्छ त्यसपछि मात्र हामीले आ– आफना कुरा बहसमा लैजान सकिन्छ’ दाहालले भने, ‘अहिले हामी राष्ट्रिय÷अन्तराष्ट्रिय सबै शक्ति केन्द्रको केन्द्र बिन्दुमा छौं।

सबैले हामीलाई हेरेका छन्, यो बेला हाम्रो प्रथम दायित्व भनेको, एकतावद्ध भएर जाने, पार्टीका काम पूरा गरेर जाने र पार्टी चलायमान बनाउने नै हुनेछ।’ पार्टीको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सामान्तवादका अवशेष अझै बाँकी रहेको भन्दै अहिले समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम पार्टीको नीति कार्यक्रम भएको स्पष्ट पारे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।