आ ध्यात्मिक जागरणलाई समृद्धिसँग जोड्नुपर्छ: मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसँग जोड्नुपर्ने बताएका छन् । पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा आज आयोजित महाआरती कार्यक्रममा सहभागी बन्दै उहाँले यस्ता कार्यक्रमले समाजमा भावनात्मक एकता एवं सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्राकृतिक सम्पदानको प्रचारप्रसार र प्रवद्र्धनका लागि गण्डकी प्रदेश प्रतिबद्ध रहेको बताउँदै उनले पोखराको समग्र विकास एवं पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । पोखरा र आसपासका क्षेत्रका धार्मिक शक्तिपीठहरुमा आरती कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औल्याउँदै मुख्मन्त्री गुरुङले मुलुकमा दिगो शान्ति कायम गर्दै समृद्धको अभियानमा अघि बढनुपर्ने धारणा राखे ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाबाट भएको आम्दानीले यसको संरक्षण संवद्र्धनका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालन गरेको जानकारी दिए । गुफा व्यवस्थापन समितिका सचिव हरि लम्सालका अनुसार गुफा परिसरमा २०७६ साल वैशाखको अक्षयतृतीय तिथिदेखि प्रत्यक सोमबार धार्मिक विधिपूर्वक आरती गर्दै आएको बताए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।