हिले-पाख्रीवास-लेगुवा सडक पीचका लागि तयारी भईरहेको कामको अनुगमन
धनकुटा खबर, पौष ८ । हिले पाख्रीवास लेगुवा सडक खण्ड पीचका लागि तयारी भईरहेको कामको आज अनुगमन गरिएको छ । स्थानिय सरकारको तर्फवाट पाख्रीवास नगरपालिकाद्धारा गठित हिले पाख्रीवास लेगुवा सडकखण्ड सहजीकरण तथा अनुगमन समितिका संयोजक सोवित निरौला सहितको टोलिले कामको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सववेस विच्छ्याउने लगायत काम तिव्र गतिमा भईरहेको टोलिका संयोजक निरौलाले जानकारी दिनुभयो । अनुगमन टोलिमा ईलाका प्रहरीचौकी पाख्रीवासका सई उज्वल शाक्य पाख्रीवसका वुद्धीजीविहरु ज्ञान वहादुर गुरुङ लगायतको उपस्थिती थियो ।
यो सडक पीचको जिम्मा पाएको कञ्चन्जंघा कन्स्ट्रक्सनले पछिल्लो पटक एक हप्तादेखी अघिवाट काम सुचारु गरेको हो । गुणस्तरिय काम तिव्रताका साथ होस् भन्ने लक्षका साथ दैनिक कामको अनुगमन गरिदै आएको संयोजक निरौलाको भनाई छ ।


