हिले देखी पञ्चे सम्मको सडक निर्माणको काम सन्तोष जनक : अनुगमन टोली
धनकुटा खबर, पौष ९ । पुष्प लाल मध्य पहाडी राजमार्गको हिले लेगुवा २६ किलो मिटर सडक खण्ड अन्र्तगतको हिले देखी पञ्चे सम्मको १३ किलो मिटर सडक निर्माणको काम सन्तोष जनक रहेको पाईएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरे संयोजकत्वको टोलिले यो सडक खण्डको आज अनुगमन गर्ने क्रममा हिले देखी पञ्चे सम्मको १३ किलो मिटर सडक निर्माणको काम सन्तोष जनक रहेका पाईएको टोलिले जनाएको छ ।
पञ्चे देखी लेगुवा सम्मको १३ किलोमिटर सडक खण्ड निर्माणको कामलाई भने तिव्रता दिनुपर्ने देखिएको टोलिले जनाएको छ । अनुगमको क्रममा पञ्चे देखी लेगुवा राम वजार सम्मको बाँकी ग्राभेलको काम आगामी माघ मसान्त सम्म सम्पन्न गर्ने,माङ्माया खोलमा निर्माण हुने पुलको जग ढलान माग १० देखी शूरु गरी एक हप्ता भित्रमा सक्ने, पुल निर्माणको कार्य २०७७ वैशाख सम्ममा सक्ने,२०७६ फागुन मसान्त भित्र सववेस र वेस को काम सकि चैत वाट कालो पत्रे गर्नेगरी काम शूरु गरी २०७७ वैशाख मसान्त भित्र सक्ने अनुगमन टोली र विरुवा कन्स्ट्रक्सन प्रालिका प्रतिनीधि सागर श्रेष्ठ वीच निर्णय भएको पाख्रीवास नगरपालिकाद्धारा गठित हिले पाख्रीवास लेगुवा सडकखण्ड सहजीकरण तथा अनुगमन समितिका संयोजक तथा पाख्रीवास ४ का वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो ।
टोलिमा प्रमुख जिल्ला अधिकारी घिमिरे सहित जिल्ला समन्वय समितिका सदस्य शिव आङ्ला, डागम कुमार राई, पाख्रीवास ५ का वडाध्यक्ष गोपाल थापा लगायत नेपाल प्रहरी स-सस्त्र प्रहरी सहितको सहभागीता थियो ।


