बिरामी प्रधानमन्त्री भन्नेलाई महेश बस्नेतको क’डा जबाफ (भिडियो सहित)

प्रधानमन्त्रीलाई सचिवालयले सहि सन्देश नदिंदा सरकारको काम प्रभावकारी हुन सकेन

काठमाडौ । पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सहि सन्देश नदिंदा सरकारको काम प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

सांसद बस्नेतका अनुसार प्रधानमन्त्रीमा यो देशको बिकासको काम तीव्र गतिमा दौडाउन चाहँदा चाहदै पनि आफ्नै सचिवालयका कारण केहि वाधा पुगेको हो ।

मन्त्रिहरुले प्रधानमन्त्रीलाई चाहेको समयमा भेट्न नपाउदा र सहि सन्देश नपुग्दा सरकारको काम प्रभावकारी नभएको भन्दै सचिवालयले सहि तरिकाले काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

महेश बस्नेत भन्छन्, “प्रधानमन्त्रीको चाहना भनेको सरकारमा रहेका मन्त्रीहरुले आफ्नो मन्त्रालयको काम प्रभावकारी रुपमा गरुन भन्ने हो । तर जब मन्त्रीले प्रधानमन्त्रीलाई भेट्न खोज्दा सचिवालयले समय नमिलाईदिदा सरकारको काम प्रभावकारी रुपमा अघि बढ्दैन ।

यो स मस्या मैले प्रधानमन्त्री ओलीको सचिवालयमा देखेको छु र प्रधानमन्त्रिले पनि केही जानकार हुनुहुन्छ । सचिवालयले आफ्नो मर्यादामा रहेर प्रधानमन्त्रीलाई सहि सन्देश दिंदा मात्र सरकारको काम प्रभावकारी हुन्छ ।”

प्रधानमन्त्रीले मन्त्रिमण्डल फेर्दा महेश बस्नेतको भागमा कुनै पनि मन्त्रालय नपाउँदा पूर्व मन्त्रि समेत रहेका महेश बस्नेतले भने, “म नेकपा पार्टीमा हुनु भनेको नै देश बिकास गर्न हो । म मन्त्रि नभए पनि बिकासको काम अघि बढाएकै छु आफ्नो ठाउँबाट तर कुनै मन्त्रालय पाएको भए बिकास अझ प्रभावकारी हुन्थ्यो भन्ने मात्र हो ।

प्रधानमन्त्रीलाई म माथि विश्वास थियो तर सायद पार्टी भित्र कै अरु नेताहरुले महेशको समय अझै बाँकी छ भनेर सायद मेरो नाम हटाउनु भयो होला । तर म खुशी नै छु किनकी सहि समयमा मेरो माग हुँदा प्रधानमन्त्रीलाई सहयोग गर्न म सधै तयार नै छु ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।