विकासका लागि स्थानिय स्तरका जनता नै जागरुक हुनुपर्छ : सांसद राजेन्द्र राई

धनकुटाको भीर गाउँमा स्वास्थ्य चौकी भवनको शिलान्यास

शर्मिला राई, धनकुटा खबर, पौष १८ । धनकुटा नगरपालिका वडा नं २ भीर गाउँमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

नेपाल सरकारको १ करोड ८० लाख लागतमा वन्न लागेको स्वाथ्य चौकी भवनको आज त्यहाँ आयोजित एक कार्यक्रमको वीच संघिय संषद राजेन्द्र कुमार राईले शिलान्यास गर्नुभएको हो ।

यो भवन वर्थिङ सेन्टरको सेवा समेत दिनेगरी ११ मिटर लम्वाई र १० मिटर चौडाइको ८ कोठाको वन्ने धनकुटा नगरपालिकाका २ नं वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकी भवन १ वर्ष भित्र वनाई सकेर हस्तान्तरण गर्ने सम्झौता रहेको छ ।

स्वास्थ्यचौकी भवन शिलान्यस पछि वडा कार्यलयमा वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै संघीय संषद राईले देशको विकासका लागि स्थानिय स्तरका जनता नै जागरुक हुन आवश्यक रहेको वताउनुभएको छ ।

राज्यले शिक्षा, स्वास्थ्यमा लगानी वृद्धी गर्नुपर्नेमा जोड दिदै उहाँले शिक्षा र स्वास्थ्यमा स्थानिय स्तरका जनताको पहुँच नपुगे विकासले गति लिन नसक्ने वताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य २ नं वडा सदस्य शान वहादुर राईले गर्नुभएको थियो भने सञ्चालन वुद्धीजीवि राजेन्द्र गुरागाईले गर्नुभएको थियो ।

कार्यक्रममा २ नं वडाका स्वास्थ्य चौकी ईञ्चार्ज निकेश श्रेष्ठ, लगायत स्वास्थ्यचौकीका अन्य पदाधिकारी,विद्यालयका शिक्षक तथा सर्वसाधारणको उपस्थिती थियो । यसैवीच स्वास्थ्यचौकी भवन शिलान्यास पछि संघीय संषद राईले श्रीमान टंक माद्यमिक विद्यालयको गतिविधि समेत वुझ्नुभएको छ ।

यो क्रममा विद्यालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्माले विद्यालयको नयाँ भवन निर्माण तथा पुरानो भवन वरिपरी तारघेरावाराका माग गर्दै ज्ञापन पत्र वुझाउनुभएको छ । ज्ञापन पत्र वुझ्दै संषद राईले यसका लागि आफ्नो तर्फवाट पहल गर्ने वताउनुभएको प्रधानाध्यापक विश्वकर्माले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।