घरेलु धनकुटाले १० जनालाई निःशुल्क वेटरको तालिम दिने
धनकुटा खबर, २० पुष । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले उद्यमी विकास तथा रोजगार कार्यक्रम अन्र्तगत १० जना यूवाहरुलाई वेटर तथा वेट्रेस तालिम दिने भएको छ ।

सिटिईभिटिको स्वीकृत पाठ्यक्रम अनुसार हुने सो तालिममा १० जना सहभागी रहने सो तालिमका फोकल पर्सन गिताचारी आचार्यले जानकारी दिए । यस तालिममा सहभागि हुनका लागि आवेदन खुल्ला गत पुस ९ गते देखि भएको र अन्तिम म्याद पुष २३ गते सम्म रहेको छ ।
निःशुल्क हुने उक्त तालिममा १६ बर्ष पुरा भई ४० बर्ष ननाघेका जोकोही नेपाली नागरिकले आवेदन दिन सक्ने आचार्यको भनाई छ ।


