साहित्य महासंघको वि शेष रचना वाचन श्रृंखला स म्पन्न

जापान । जनवरी ५ तारिख विश्व नेपाली साहित्य महासंघ जापानले नियमित दोश्रो श्रृखंला टोकियो जापानमा सम्पन्न गरेको छ। कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन, सावाको सुसेली प्रवास विमोचन साथै अन्य श्रष्टाहरुका रचना वाचन सहित सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको अध्यक्षता, एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुख आतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य भुवन रोकाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारीले विश्व नेपाली साहित्य महासङ्घ जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा साहित्यिक कार्यक्रममा थप सहकार्य गर्ने कुरा ब्यक्त गरेका थिए। विशेष अतिथी भुवन रोकाले जापानमा विशेष श्रष्टाहरुको रचना वाचन कार्यक्रम जापानमा पहिलो पल्ट भव्यताका साथ सफल रहेको जानकारी गराउदै आफ्नो रचना सुनाएका थिए। कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष देवी बहादुर ईङनामले कार्यक्रम सफल बनाउन सहयोग सहकार्य गर्ने सम्पूर्ण संघ सस्थाहरुलाई धन्यबाद दिदै रचना पनि वाचन गरेका थिए।

सुरेन्द्र पोखरेलले अंग्रेजी भाषामा कविता र विजय स्याङ्बोले जापानी भाषामा गजल वाचन गरेको कार्यक्रममा श्रष्टाहरु शिवराज राई, विमन किराती, शुक्र राई, शंकर हरी खालिङ, सयपत्री थुलुङ, निशान राई, रविन्द्र दिखुक्पाले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए। चन्द्र कुमार जबेगु र देवेन्द्र लावतीको सांगीतिक प्रस्तुतिले बेग्लै रौनकता थपेको थियो। पदम सिंह ठगुन्नाले शुभकामना सन्देश सहित रचना प्रस्तुत गरेका थिए।

पत्रकार प्रेमिला गौचनले विश्व नेपाली साहित्य महासङ्घ जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा सहकार्य गर्ने कुरा ब्यक्त गरेको कार्यक्रममा संस्थाका सदस्य शंकरहरी खालिङले स्वागत शुभकामना मन्तब्य साथै संस्थाका महासचिव रविन्द्र दिखुक्पा र सचिव विमन किरातीले संयुक्त रूपमा संचालन गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।