पार्टी भित्र मिलेर एकता कायम गर्न आग्रह गर्दै सिटौला र कोइरालालाई एउटै माला

धनकुटा खबर, पाैष २० । शान्ति नायक गिरिजा प्रसाद कोईरलाले प्रतिपादन गर्नु भएको सहमती सहकार्य र एकताबाट मात्र मुलुक अगाडी बढ्ने एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । अाज धनकुटाको चौविसेको मौनावुधुकमा गरिजा प्रसाद कोईराला फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा वाेल्दै कांग्रेसका नेताहरुले त्यस्ताे बताएका हुन् ।

कार्यक्रममा आयोजकले अहिले मुलुक दिनप्रतिदिन संकटमा पर्दै गएकाे भन्दै सहमति र एकताकाे खाँचाे रहेकाे औंल्याएका छन् । त्यस्तै सिटौला र डा कोइरालालाई एकै माला लगाइदिएर पार्टी भित्र मिलेर एकता कायम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गिरिजा प्रसाद कोईरालाले शान्ति प्रक्रियाकाे जग हाल्नु भएकाले नै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको वताउनु भयाे । उहाले अहिले सिंगाे मुलुक र नेपाली कांग्रेस समेत सहकार्य र एकताबाट मात्र अगाडी बढ्न सक्ने वताउनु भयो ।

त्यसैगरी पाटीका प्रभावशाली नेता डा. अर्का प्रभावशाली नेता शेखर कोईरालाले अाेलि सरकार प्रेसलाई नियन्त्रण गर्दै अधिनायकबाद तर्फ लागेको वताउनुभयाे । त्यसैले अव नागरिक स्वतन्त्रको पक्षमा कंग्रेसले अग्रसर भएर लाग्न अावश्क रहेकाे उहाकाे भनाई छ ।

पर्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल, तेह्थुमका सभापति केदार ढुंगाना, महासमिति सदस्य आनन्द सन्तोषी राई, उर्लावारी नगरपालिकाका मेयर खड्ग फागु लगायतले कांग्रेसको नेतृत्वमा विकास समृद्धीको अभियान सफल हुने वताउनु भयो ।

जि पि कोईराला फाउण्डेशन प्रदेश नम्वर १ का अध्यक्ष इन्दिरा थापाको अध्यक्षमा सम्पन्न कार्यक्रममा बक्ताहरुले राजनैतिक कान्ति पुरा गरेको कांग्रेसले अव आर्थिक कान्तिको नेतृत्व गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सहिद परिवार, प्रजातन्त्र सेनानी, जेष्ठ कांग्रेसहरुलाई सम्मान गरिएको थियो । भने सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नहुने २६ जनालाई नेपाली कांग्रेसका केन्द्रिय नेताहरु कृष्ण सिटौला, शेखर कोईराला लगायतले फुलमाला अविर टिका लगाई स्वागत गरी पार्टी सदस्यता प्रदान गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।