धनकुटामा दुई मोटरसाईकल आपसमा ठो’क्किदा एक जनाको खुट्टै भाँ’चियो

शर्मिला राई, धनकुटा खबर, पौष २२ । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं २ फलैचा भन्ने स्थानमा आज दिउसो मोटर साईकल दु र्घटना भएको छ ।

दु र्घटनामा परि सुनसरीको गढीगाउँपालिका वडा नं ४ का २१ वर्षका विजय कुमार मेहता घा ईते हुनुभएको छ । उहाँको दाहिने खु’ट्टा भाँ’चिएको र उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाईएको सिधुवा ट्राफिक प्रहरीले जनाएको छ ।

उहाँलाई छथरजोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखावाट खटिएका शाखा प्रमुख सुन्दरमान डङ्गोल र सह-प्रमुख दिन प्रसाद दुलालको टोलिको प्रामिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाईएको हो ।

विराटनगरवाट संखुवासभाको मुढे तर्फ जाँदै गरेको मेहता सवार को ३८ प ९२९१ नं को मोटरसाईकल र मुढेवाट धरान तर्फ गईरहेको को १८ प ३२५६ नं को मोटरसाईकल तीव्र गतिका कारण एकापसमा ठो क्किएर दु र्घटना भएको ट्राफिक प्रहरी रामचन्द्र कटुवालले जानकारी दिनुभयो ।

दु र्घटनामा संलग्न दुई मोटर साईकल मध्ये मुढेवाट धरान तर्फ गईरहेको मोटरसाईकलका चालक धर्मदेवी नगरपालिका ३ संखुवासभाका २६ वर्षका कुल वहादुर पौडेल र दुवै मोटरसाईकल प्रहरीले नि यन्त्रमा लिएको छ ।

मुढेवाट आउदै गरेको मोटरसाईकलमा चालक सहित दुईजना सवार थिए । यो मोटरसाईकलका चालक र अर्का व्यक्ति सकुशल रहेको प्रहरीको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।