नारायणकाजीलाई कुनै पनि हालतमा अर्थमन्त्री बनाउनुहुँदैन् : कोमल वली (भिडियो सहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रियसभाका उम्मेद्धवार बनेका नारायणकाजी श्रेष्ठलाई कुनैपनि हालतमा अर्थमन्त्री बनाउन नहुने तर्क गरेकी छिन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई पूनः राष्ट्रियसभाको सदस्यमा दोहोर्याउन सकिने बताए ।

उनले भनिन्,‘सरकारको सिफारिशमा सम्माननीय राष्ट्रपतिले नोमिनेशन गर्ने हो । खतिवडा फेरिपनि अर्थमन्त्री बन्न सक्ने उनको भनाई छ । नारायणकाजी श्रेष्ठ चुनाव हारेको व्यक्ति भएकोले संविधानले नै उहाँलाई मन्त्री बन्न दिँदैन् ।’

नेतृ वलीले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले सरकारको आलोचना गरेको विषयलाई नौलो रुपमा लिन नहुने धारणा राखिन् । उनले भनिन्,”उहाँ बरिष्ठ नेता हो । उहाँले पार्टीलाई डुबाउनेगरि आलोचना त गर्नुहुन्न नि । उहाँले राम्रोको लागि आलोचना गर्नुभएको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।