पाख्रीवासको मुगामा गोरु जु’धाई र पोल चढी प्रतियोगिता हुँदै

धनकुटा खबर । नेपालीहरुले मनाउदै आएको विभिन्न पर्वहरु मध्येको एक माघेसंक्रन्ति पर्वको अवसर पारेर गत वर्ष जस्तै यो वर्ष पनि माघ १ गते धनकुटाको पाख्रीवास नगरपालिका ७ मुगामा गोरु जु’धाई र पोल चढी प्रतियोगिता आयोजना गरिदै छ ।

प्रगतिशिल सेवा समाज पाख्रीवास ७ को आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । पूराना खेलहरुको पुर्नताजगी गराउदै खेल प्रति नयाँ पुस्ताको अभिरुची वृद्धी गर्ने लक्षका साथ गत वर्षदेखी यो प्रतियोगिता आयोजना गर्न थालिएको हो । जसअनुसार सय वर्षको प्रतियोगितामा प्रतिष्पर्धाका लागि आज सम्म ५ वटा गोरु दर्ता भईसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २५ हजार, दोश्रो नगद रु १० हजार र तेश्रो पुरस्कार नगद रु ५ हजार रहेको आयोजक संस्थाका अध्यक्ष गोपाल विश्वकर्माले जनाकारी गराउनुुभयो । पोल चढी प्रतियोगिताका विजयीले भने नगद रु २ हजार पुरस्कार प्राप्त गर्नेछ । सोही अवसरमा त्यहाँ किराँत समुुदायको ढोल नाच, तामाङ्ग समुदायको तामाङ्ग सेलो र मारुनी, संगीनी लगायतका नाच प्रर्दशन गरिने जनाईएको छ ।

यसैवीच प्रतियोगिता सञ्चालन हुने स्थानमा अहिले साँढे गोरुको मूर्ति समेत निर्माण भईरहेको छ । पाख्रीवास नगरपालिका कै आर्थिक सहयोगमा निर्माण भईरहेको मूर्तिको करिव ९५ प्रतिशत काम पूराभएको प्रगतिशिल सेवा समाजका सचिव शंकर विश्वकर्माले वताउनुभएको ।

मूर्ति निर्माणका लागि नगरले यसअघि ३ लाख उपलव्ध गराएको र अव २ लाख थप दिने भएको सचिव विश्वकर्माको भनाई छ । आगामी वर्षदेखी त्यहाँ कर्वडी,कुस्ती लगायतका खेलहरु समेत सञ्चालन गर्ने समाजको योजना छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖