रेणुको दा’बी,- अबको प्रधानमन्त्री मेरो बुवा ! (भिडियो सहित)

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अब आफ्ना बुवा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

दाहालले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेकी छिन् । दाहालले आफू भरतपुरको मेयर भएपछि विकास र समृद्धिको लागि धेरै कामहरु अघि बढेको पनि विश्वास दिलाईन् । महानगरभित्र चार लेन र ६ लेनका सडकहरु बन्न थालेको पनि उनले सुनाईन् । उनले भनिन्,‘महानगर अहिले विकासको बाटोमा लम्किएको छ । मलाई सबैको साथ छ, कांग्रेसको पनि साथ छ ।’

फरक प्रसँगमा उनले धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पनि सन्तोषजनक रहेको स्पष्ट पारिन् । उनले भनिन्,‘धुर्मुश–सुन्तली फाउण्डेशनले राम्रै काम गरिरहेको छ । यदि उहाँहरुले बनाउन सक्नुभएन भने सरकारले आफैं बनाउँछ । उहाँहरुको कामप्रति मेरो असन्तुष्टि छैन् । उहाँहरुले प्रयास गरिरहनुभएको छ ।’

उनले नेकपा अध्यक्ष दाहाल एकचोटी मुलुकको कार्यकारी अधिकारसहितको प्रमुख बन्नुपर्ने बताईन् । ‘उहाँ एकपटक कार्यकारी अधिकारीसहितको प्रधानमन्त्री वा राष्ट्रपति बन्नुपर्छ । विकास र समृद्धिको लागि उहाँको गम्भिर अठोट छ । उहाँ भीजनरी लिडर हो ।’–उनले भने ।

उनले अध्यक्ष प्रचण्ड विहान ४ बजे उठ्ने गरेको सुनाए । ‘उहाँको खान र लगाउन (पहिरनमा) सौखिन छ । देश बनाउने चिन्ता छ । उहाँ अहिले विकास र समृद्धिको लागि दत्तचित्त भएर अघि बढिरहनुभएको छ । देश र जनताको लागि दैनिक १८ घण्टा खट्नुहन्छ । यो देशको बारेमा उहाँलाई भन्दा बढि कसलाई चिन्ता छ ?’

पछिल्लो समय पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच कुरा मिलेको पनि सुनाईन् । उनले भनिन्,‘उहाँहरुबीच अहिले कुनै विमती छैन् ।’ उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुख चयन प्रक्रियामा आफ्नो तर्फबाट मार्गप्रशस्त गर्नुपर्ने पनि धारण राखिन् । ‘उहाँले पार्टीको निर्णय मान्नुपर्छ । सहमतिमा सभामुख बनाउने कुरा भएको छ, त्यसमा उहाँले पार्टी नेतृत्वलाई सघाउनुपर्छ ।’–उनले थपिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।