तमोर पुलवाट ख’सेर मृ’त्यू
धनकुटा खबर, पौष २७ । धनकुटा ९ मुलघाट तमोर पुलवाट ख सेर नदीमा डु व्दा एक जनाको मृ त्यू भएको छ ।

मोटरसाईकलमा साथी सँग हिउ खेल्न तीन जुरे तर्फ आएर फर्किने क्रममा गएराती त्यहाँ पुगेर शौ च गर्न झरेको वेला पुलवाट खसेर ईटहरी उपमहानगरपालिका १ आपगाछीका ३२ वर्षका राजन चौधरीको मृ त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
नदीमा खसेका चौधरीको श व सशस्त्र प्रहरीले राती नै निकालेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक सुदर्शन कोईरालाले जानकारी दिनुभयो । सँगै आएका उनका साथी अनुज मगर र को ३५ प ४१०१ नं मोटर साईकल प्रहरीले नि यन्णत्रमा लिएको छ ।


